|
काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नै शब्द संगीतमा कोरोना गीत ल्याउनु भएको छ ।
‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानको स्वर रहेको छ।
बुधबार शब्द र संगीत तयार गरिएको गीतको रेकर्डिङ बिहीबार गरिएको हो। शुक्रबार भिडियो छायाङ्कन गरिएको गीत आइतबार सार्वजनिक गरिएको हो ।
भोला पौडेलले रेकर्ड गर्नुभएको सो गीत साउण्ड डिजाइन नक्सालको स्टुडियोमा रेकर्डिड. गरिएको हो । यसको व्यवस्थापन मनोहर सुनामले गर्नुभएको हो ।
गीतको शब्द
आउ माया गरौं, मान्छेले मान्छेलाई
प्रकृतिलाई, संसारलाई माया गरौं !
आवाज मिलाउं र कदम कदम मिलाउं
महामारीबाट संसार जोगाउं
आउ माया गरौं !!
उनीहरु छन् त्यसैले तिमी छौ
तिमी छौ र त उनीहरुमा आशा छ !!
आशाको दियोले विश्वास जगाउं
साथ साथ रहौं तर सचेत बनौं
मान्छे र मान्छे मिलेर मान्छेको वस्ती जोगाउं
आउ माया गरौं !!