Prakash Adhikari March 23, 2020

काठमाडौं, १० चैत्र । नेपाल भारतलगायत सीमानाकामा आवतजावत रोकेको सरकारले अलपत्र परेका नेपालीहरुलाई नेपाल प्रवेशदिने भएको छ ।

तर, अलपत्र परेका व्यक्तिले नेपाली नागरिक पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ ।

सरकारले आइतबार विहान १० बजेदेखि चीन र भारत दुबैतर्फ यात्रु आवगमन रोक्ने निर्णय गरेको थियो । भारतबाट आउने नेपालीहरु सिमानामा अलपत्र परेपछि ति नेपालीहरुलाई प्रवेश गर्न दिने भएको हो ।

उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले अलपत्र परेका नेपालीहरुलाई स्वास्थ्य जाँच गरेर नेपाल प्रवेश गर्न दिने जानकारी दिएका छन । उनीहरुको स्वास्थ्य परीक्षण गरि १४ दिन होम क्वारेन्टाइनमा बस्न निर्देशन दिईने छ ।

क्वारेन्टाइनमा बसेका वेला उनीहरू सम्बन्धित प्रमुख जिल्ला अधिकारीको निगरानीमा रहनेछ ।

Share Now

Leave a comment.