Prakash Adhikari March 24, 2020

 

काठमाडौं, ११ चैत्र । मंगलबारदेखि पुरै नेपाल लक डाउन गरिए पनि अत्यावश्यक सेवा भित्र परेकोले बैंक तथा वित्तीय संस्थाहरु सर्वसाधरणलाई अत्यावश्यक नगद रकम उपलब्ध गराउन चैत १२ गते बुधबारदेखि आंशिक रूपमा खुल्ला हुने भएका छन।

नेपाल बैंकर्स एशोसियसनले बैंकिङ्ग सेवा अत्यवश्यक भएकाले खुल्ला राख्नु आवश्यक भएको जनाएको छ । आज काठमाडौं उपत्यकामा घोडे जात्रा भएकाले सार्वजनिक बिदा परेको हुँदा भोलिदेखि राजधानीका बैंकहरु आंशिक रुपमा खुला हुनेछन् ।

नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष भुवन दाहालले सरकारले निर्णय गर्दा नै अत्यावश्यक बाहेकका सार्वजनिक,निजी र सामुदायिक सेवा प्रदायक संस्थाका सेवाहरु भनेको र वित्तीय क्षेत्र अत्यावश्यक सेवामा परेकोले उपभोक्ता तथा ग्राहकका नगद कारोबारमा सद्धाउन बैंकिड सेवा खुला गर्न आवश्यक भएको बताउनु भएको छ । भनेको छ । सरकारले खाद्यान्न उपलब्ध गराउने कार्यालय तथा पसलहरु, पानी र बिजुली आपूर्ति गर्ने संस्थाहरु खोल्ने भनेको छ भने ती सेवा लिन आवश्यक रकम उपलब्ध गराउने वित्तीय सेवा जुन अत्यावश्य सेवामा परको छ, तिनलाई बन्द राख्नु मनासिब हुन सक्दैन ।

बैंकर्स संघका अध्यक्ष दाहालले आम नागरिकको नगद आवश्यता आपूर्तिका लागि सबै बैंकहरुलाई एटीएममा सबैतिर आवश्यक पैसा राख्न र आलोपालो आंशिक रुपमा बैंकहरु खोल्न परामर्श भएको बताउनुभएको छ ।

उहाँले बैंकिड.सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रबन्ध मिलाउन बैंकहरुलाई गाडीका लागि पास उपलब्ध गराउन प्रयास भैरहेको बताउनुभएको छ ।

उहाँले बैंकहरुलाई जनसंख्या र शाखाको अनुपात मिलाएर लकडाउनको समयमा सेवा दिने शाखाहरुको नाम र खुला हुने समय सार्वजनिक गर्ने सम्बन्धमा पनि आपसी सल्लाह भएको बताउनुभयो ।

यदी कोरोना संक्रमणको संभावनालाई निर्मूल पार्न बैंंकहरुलाई आफ्ना सेवा दिने शाखा र एटीएम काउण्टरमा सेनिटाइज गर्न, सफा गर्न, स्प्रे राख्न पनि बैंकर्स संघको तर्फबाट समस्त बैंकहरुलाई अनुरोध गरिएको छ ।

Share Now

Leave a comment.