काठमाडौं, ११ चैत्र । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्नका लागि नेपालमा भएका प्रयासलाई सघाउन ग्लोबल आइएमई बैंकले १ करोड १५ लाख रुपैया सहयोग गर्ने भएको छ ।
बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्ध लड्न नेपाल सरकारको “कोरोनासंक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
त्यस्तै बैंकले सोही प्रयोजनार्थ कान्तिपुर पब्लिकेसनद्वारा स्थापित “कान्तिपुर कोभिड–१९ रोकथाम”कोषमार्फत १५ लाख रुपैयाँ आर्थिक सहयोग समेत उपलब्ध गराउने निर्णय गरेकोे छ ।
कोरोना भाइरस संक्रमणले विश्वलाई त्रसित बनाइरहेको अवस्थामा उच्च जोखिममा रहेका नेपाली जनतालाई बचाउन थालिएका प्रयासमा बैंकले दिएको सहयोगले उपयोगी हुने विश्वास बैंकले लिएकोे छ ।