काठमाडौं, १३ चैत्र । बेलायतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट अर्का एक जना नेपालीको मृत्यु भएको छ ।
यो समेत बेलायतमा कोरोनाबाट दुईजना नेपालीको मृत्यु हुन गएको छ ।
लण्डनको साउथ इस्ट क्षेत्रमा बस्ने चितवन बसेनी घर भएका ४० वर्षीय प्रशान्त अर्यालको सोमबार मृुत्यु भएको हो ।
उपचारको क्रममा सोमबार देहत्याग गर्नुभएका अर्यालमा कोरोना संक्रमण रहेको पुष्टि बिहीबार मात्र भएको थियो ।
अर्याललाई शनिबार मात्र स्थानीय क्वीन एलिजावेथ अस्पतालमा भर्ना गरिएको हो ।
यस अगाडि नै कोरोना भाइरसबाट संखुवासभा घर भएका लण्डनको ह्यारो निवासी ६६ वर्षीय पूर्वगोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भएको थियो ।