Prakash Adhikari March 26, 2020

 

काठमाडौं, १३ चैत्र । सरकारले उद्योगी र व्यवसायीलाई दैनिक उपभोग्य वस्तु नागरिकका घरघरमै पुर्‍याउन निर्देशन दिएको छ।

उद्योग वाणिज्य महासंघका पदाधिकारी, काठमाडौंमा सुपरमार्केट, ग्रोसरी तथा विभिन्न होलसेल पसल सञ्चालन गर्नेहरूलाई लकडाउन अवधिभर उपभोक्ताका मागअनुसार घरघरमै खाद्य वस्तु पुर्‍याउन गृह मन्त्रालयले बिहीबार निर्देशन दिएको हो।

बिहीबार गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारी उद्योगी। व्यवसायी, काठमाडौंका सुपरमार्केट। ग्रोसरी, खाद्य स्टोर सञ्चालक तथा महानगरपालिकाका पदाधिकारीबीच भएको छलफलपछि गृहले यो निर्देशन जारी गरेको हो ।

लकडाउन अवधिभर उपभोक्तालाई आवश्यकताअनुसार सामान होम डेलिभरी गर्न र स्थानीय प्रशासनसँग समन्वय गरेर पास लिन गृह मन्त्रालयले व्यवसायीलाई आग्रह गरेको छ।

उपभोग्य वस्तुको होम डेलिभरीमा महानगरपालिका, नगरपालिका तथा सम्बन्धित वडा कार्यालयलाई सहजीकरण गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

लकडाउन अवधिमार कुनै समस्या परे तथा कालोबजारी गरेको थाहा पाए ११४९ नम्बरमा वा सुरक्षाकर्मी तथा सम्बन्धित सरकारी कार्यालयमा खबर गर्न पनि गृहले सर्वसाधारणमा अपिल गरेको छ।

यस्तो छ विज्ञप्ति :

 

Share Now

Leave a comment.