नेपालगञ्ज (बाँके), १५ चैत्र । नेपाल एयरलाइन्सको वाई १२ विमान बाँकेको नेपालगञ्जमा अवस्थित राँझा विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर रनवे बाहिर गएको छ।
कोरोना भाइरस संक्रमित विरामीको स्वाब लिन काठमाडौँबाट गएको नेपाल एयरलायन्सको चिनियाँ वाई १२ ई विमान अवतरणका क्रममा चिप्लिएर झाडीमा पुगेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले जहाज धावनमार्ग बाहिर पुग्दा सामान्य क्षति भएको तर विमानमा रहेका सबै सकुशल रहेको जानकारी दिनुभएको छ।
विमानमा ५ जना मेडिकल टोली र चीनबाट ल्याएको स्वास्थ्य सामग्री रहेको थियो ।