काठमाडौं, १५ चैत्र । विश्वभर महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण, रोकथाम र उपचारको लागि नेपाल सरकारले स्थापना गरेको कोषमा नेपाली क्रिकेट स्टार १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ।
उहाँले फेसबुकमार्फत सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई सहयोग गर्ने घोषणा गरेका गर्नुभएको हो।
‘नेपाल सरकारको कोभिड–१९ राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्न पाउँदा खुसी लाखेको छ’, सन्दीपले फेसबुकमा उल्लेख गर्नुभएको छ, ‘सामाजिक दूरीको यस घडीमा साथ र सहयोग आवश्यक भएकाहरूलाई नबिर्सौँ।’
https://www.facebook.com/SandeepLamichhaneOfficial/posts/2914624618583032
क्रिकेट खेलाडी सन्दीपले विश्वका सामु नै संकटको रुपमा उपस्थित भएको यो कोरोना भाइरस संक्रमणलाई हल्का रुपमा नलिन र आवश्यक सतर्कतासाथ यथास्थानमा सुरक्षित रहन पनि सबै नेपालीलाई आग्रह गरेका गर्नुभएको छ ।


















