काठमाडौं, १५ चैत । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
यस नयाँ केशसहित नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ ।
नेपालमा पहिलो सङ्क्रमित व्यक्ति कोरोनाभाइरसको सङक्रमण सुरु भएको स्थान भनिँदै आएको वुहानबाट हिउँदे बिदामा नेपाल आएका नेपाली विद्यार्थी थिए।
उनी उपचार गरेर निको भइसकेका छ्न।

दोस्रो सङ्क्रमण फ्रान्समा अध्ययनरत भनिएकी र कतार एअरवेजबाट नेपाल आएकी १९ वर्षीय महिलामा फेला परेको थियो।
उनीसँग जहाजमा सँगै यात्रा गरेका करिब ८० जनालाई खोजेर क्वारन्टीनमा जान र एक्लिएर बस्न भनिएको छ।
तेस्रो सङ्क्रमित व्यक्ति खाडी मुलुकबाट आएका एक पुरुष रहेको बताइएको थियो।
चौथो व्यक्ति पनि विदेशबाट आएका व्यक्ति थिए।
शनिवार ती चौथो व्यक्तिका उडानको विस्तृत विवरण प्राप्त भएको देवकोटाले बताए।
उनका अनुसार “सङ्क्रमित चौथो व्यक्ति २० मार्चमा भिस्टारा एअरबाट दिल्लीबाट नेपाल आइपुगेका थिए। यूके १५५ फ्लाइट नम्बर हो। दिल्लीमा दुबईबाट इमिरेट्सको उडानबाट आएका हुन्। र उनी धनगढीमा उपचाररत छन्।”
पाँचौमा बेल्जियमबाट कतार हुँदै आएकी महिला परेकी छन्।
अहिलेसम्म सङ्क्रमण पुष्टि भएका जति सबै बाहिरबाट आएकाहरू परेको प्रवक्ता देवकोटाले बताए।
देवकोटाले दुईजना सङक्रमितलाई टेकु अस्पताल क्वारन्टीनमा राखेर उपचार भइरहेको जानकारी पनि दिए।
त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १ सय ५८ यात्रुको खोजी थालिएको थियो ।
धौलागिरी अस्पतालमा नमुना संकलन गरिएकी बागलुङ नगरपालिकामा रहेको युवतीको नमूनामा कोरोना पोजेटिभ देखिएको थियो ।
अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।


















