काठमाडौं, १७ चैत्र । कोरोना भाइरसको संक्रमणबाट नेपाल र नेपालीलाई जोगाउन सरकारले गरेको ‘लकडाउन’ का कारण रोजीरोटी गुमेका मजदुरहरुलाई राहत दिन अभिनेत्री बर्षा शिवाकोटीले रु १ लाख सहयोग गर्नुभएको छ ।
अभिनेत्री वर्षा शिवाकोटीले आइतबार फेसबुकमा एक भिडियो सन्देश साझेदार गर्दै उनले सहयोग रकम घोषणा गर्नुभएको हो ।
लकडाउनको कारण मजदुरी गरेर जीवन निर्वाह गर्नेहरु समस्यामा परेको उल्लेख गर्दै तिनीहरुलाई सघाउन प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ दिन लागेको उहाँले भिडियोमा बताउनुभएको छ ।
https://www.facebook.com/barsha.siwakoti2/videos/10223866929040355/
अभिनेत्री शिवाकोटीले भिडियोमा भन्नुभएको छ, ‘यो पैसाले आफैंले राहत किनेर मजदुर दाजुभाइ तथा दिदीबहिनीसमक्ष पुर्याउने इच्छा थियो तर सरकारले सुरक्षित रहनका लागि ‘लकडाउन’ गरेकाले प्रधानमन्त्री राहत कोषमार्फत् दिने सोच बनाएँ ।’
अभिनेत्री वर्षा सिवाकोटीले कोरोनाबाट देशलाई जोगाउन र नेपालीहरुलाई बचाउन दिनरात खट्ने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहसहित नेपाल प्रहरीको कामको सराहना पनि गर्नुभएको छ ।


















