कीर्तिपुर(काठमाडौं), ५ माघ । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का मदन भण्डारी क्रिकेट अवार्डबाट सम्मानित भएका छन् ।
शुक्रबारबाट सुरु भएको प्रथम बृहत क्रिकेट महोत्सवको उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारीले कप्तान खड्कालाई नगद रु २५ हजार सहितको पुरस्कारबाट सम्मानित गरिन ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत क्रिनकेट विभागले नेपाली क्रिकेटलाई योगदान पु¥याएको भन्दै कप्तान खड्कालाई मदन भण्डारी क्रिकेट अवार्डले सम्मान गरेको हो ।
महोत्सवका बिशेष अतिथि युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले त्रिबि क्रिकेट मैदान पुन निर्माणको लागि यसै वर्ष २ करोड बजेट विनियोजन भएको बताएका छन् ।
नेपालमा पहिलो पटक आयोजना भएको क्रिकेट कार्निभलको उद्घाटनमा बोल्दै मन्त्री केसीले त्रिबि खेल मैदानलाई स्तरोन्नति गर्न लागिएको बताए । मन्त्री केसीले भने “यो वर्ष नै त्रिबि मैदानको लागि २ करोड,त्रिबिमा बन्न लागेको कभर्डहललाई १ अरब र मुलपानी क्रिकेट मैदानका लागि बजेट विनियोजनभई काम अघि बढेको छ ।”
कार्यक्रममा माओवादीका नेता तथा सांसद, जनार्दन शर्माले खेल क्षेत्रलाई महत्वका साथ अगाडी बढाउन आवश्यक भएको बताए ।
आयोजक मदन भण्डारी स्पोर्टस् एकेमेमीका अध्यक्ष बिनोद श्रेष्ठले –खेलक्षेत्रबाट आर्थिक क्रान्ती सम्भव भएको बताउदै खेलबाट आर्थिक सम्बृछि हासिल गर्न सहयोग पुग्ने बताए ।उनले राष्ट्रको मान र सान बढाउन तथा राष्ट्रिय सद्भाव,बिकासकोे लागि पनि खेललाई प्रोत्साहन दिनुपर्ने बताए ।
अध्यक्ष श्रेष्ठले मदन भण्डारी स्पोर्टस् एकेडेमी खेल क्षेत्रको बिकासका लागि स्थापना भएको बताए ।
क्रिकेट कार्निभलमा नेपाली क्रिकेटको ऐतिहासिक फोटो प्रदर्शन, क्रिकेट सामग्री विक्री, वृत्तचित्र प्रदर्शनी लगायतका कार्यक्रम छन् । शनिवार नेपाली क्रिकेटका सम्भावना र चुनौती बिषयमा खेलाडी,पत्रकार,प्रशिक्षक र खेलकर्मी महानुभवले आ–आफ्नो धारण राख्ने छन् ।
क्रिकेट कार्निभल माघ ६ गतेसम्म सञ्चालन हुनेछ ।