Prakash Adhikari January 19, 2018

 

अंकारा(टर्की), ५ माघ(बीबीसी) ।उत्तरी सिरियामा टर्कीले हमला गर्नसक्ने पूर्वानुमान गर्दै रुसी फौजहरू त्यस क्षेत्रबाट अन्यत्र जान सुरु गरेको टर्कीको सरकारी सञ्चार माध्यमले जनाएको छ।

टर्कीले एफ्रिन क्षेत्रको सीमा नजिकै आफ्ना सेना लैजादै गर्दा रुसी सेना उत्तरी सिरियाबाट पछि हट्न थालेको विवरण आएको हो।

तर मस्कोले त्यो खबरको पुष्टि गरिसकेको छैन।

टर्कीको सेनाले उत्तरी सिरियामा कुर्द विद्रोहीविरुद्ध गोलाबारी गरेको खबर आइरहँदा रुसी सेना उत्तरी सिरियाबाट पछि हट्न थालेको टर्कीको सरकारी सञ्चारमाध्यमले जनाएको हो।

टर्कीले कुर्द विद्रोहीहरुलाई आतंककारी भन्ने गर्दछ र उसको भनाइमा उत्तर सिरियास्थित कुर्द विद्रोही र टर्की भित्रका कुर्दबीच साँठगाँठ रहिआएको छ।

एफ्रिन क्षेत्र रुसी सेनाको उपस्थितिका कारण टर्कीले त्यस क्षेत्रमा आक्रणम गर्न सकिरहेको छैन।

अर्कोतिर टर्कीले उत्तरी सिरियाका कुर्द विद्रोहीलाई लक्षित गर्दै गोलाबारी तीव्र बनाएको छ।

चेतावनी
उस्ले कुर्द विद्रोहीलाई त्यस क्षेत्रबाट धपाउनका लागि स्थल सेना परिचालन गर्ने चेतावनी दिइसकेको छ।

त्यसअघि सिरियाली कुर्द जनता रक्षा एकाइ ‘वाइपीजी’ले गएरातभर ७० वटा शेलहरू प्रहार गरिएको जनाएको थियो।

महिनौंअघिदेखि टर्कीले ‘वाइपीजी’मा आवद्ध कुर्द लडाकुलाई एफ्रिन क्षेत्रबाट हटाउने चेतावनी दिंदै आएको थियो।

एफ्रिन क्षेत्र सन् २०१२ देखि कुर्द नियन्त्रणमा रहेको छ।

टर्कीले वाइपीजी एक आतंकवादी संगठन रहेको बताउँदै आएको छ।

सिरियाले चाहिँ आफ्नो भूभागमा टर्कीले अतिक्रमण गरेमा उस्का विमानलाई गोली हानी खसालीदिने चेतावनी दिएको छ।

टर्कीका रक्षा मन्त्रीले पछिल्लो गोलाबारी एफ्रिन क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिनका प्रक्रियाको वास्ताविक सुरुवात भएको बताएका छन्।

टर्कीको सेना तथा गुप्तचर निकायका प्रमुखहरु चाहिँ एफ्रिनमाथि टर्कीका विमान उडाउनका लागि रुसको अनुमति माग्न मस्कोको भ्रमण छन्।

Share Now

Leave a comment.