काठमाडौं, १९ चैत्र । नेपालको सबैभन्दा जेठो बेंक नेपाल बैंक लिमिटेडले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमण रोकथाममा तथा नियन्त्रणमा प्रदेश सरकारलाई सक्षम बनाउन सबै प्रदेशका सरकाकारलाई सहयोग गर्ने बताएको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले दिनुभएको जानकारी अनुसार बैंकले प्रत्येक प्रदेशलाई रू ५/५ लाखका दरले सहयोग गर्ने निर्णय गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम प्रदान गर्ने जनाएको छ ।
स्मरणीय रहोस् यस अघि बैंकले संघीय सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथाम कोषमा १ करोड प्रदान गरिसकेको छ ।