दुबई(संयुक्त अरब इमिरेट्स), ६ माघ । दृष्टिबिहिन एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई मात्र पराजित गरेको नेपाली क्रिकेट टीम यूएईमा सम्मानित भएको छ ।
अहिले युएईमा रहेको नेपाली टिमलाई एभरेष्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लब, दुबईको आयोजनामा सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा गैरआवासीय नेपाली समाज, पत्रकार महासंघ युएई शाखा, जनजाति महासंघ, नेपाली समाज, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, नेपाली समाज युएई र नेपाली मुस्लिम सोसाइटीको सहभागिता रहेको थियो ।
सहभागी विभिन्न संस्थाले नेपाली टोलीलाई सम्मानपत्र, नगद पुरस्कार र दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।
नेपाली टोलीलाई एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ, जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा, कलाकार समाजका अध्यक्ष रेखा घिमिरे, पत्रकार महासंघका अध्यक्ष भूपराज बस्न्यात, नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, सोसियल क्लबका अध्यक्ष शालिकराम सुवेदी, नेपाली विजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, स्पोर्ट कोअर्डिनेटर सकिल अली, मकवानपुर समाजका सल्लाहकार मोहम्मद समिम खान, नेवा पुचका उपाध्क्ष राजेश प्रधान, नेपाली मुसलमान समाजका सचिव नौमान सिद्दिकी, एभरेष्ट क्लबका उपाध्यक्ष मदन अधिकारी र क्लबका टेक्निकल डाइरेक्टर रवि शाहीले सम्मान गरेका थिए ।
सो अवसरमा भानुभक्त पौडेल, मकवानपुर समाजका सल्लाहकार मोहम्मद समिम खान, नेवा पुच, नेपलिज् मुश्लिम सोसाइटी, मदन अधिकारी, काठमांडौ प्यालेस रेष्टुरेन्ट, सिल्भर स्पून रेष्टुरेन्ट, न्यू बाबर्ची रेष्टुरेन्ट, हिमालयन रेष्टुरेन्ट, एन्जेल ब्यूटी पार्लर फाइन एग्रोफड, तोयानाथ चौलागाइ, स्याङ्जा समाज, हरिप्रसाद चापागार्इ, फिष्टेल ट्राभल्स, नारायण लम्साल, बिर्घा सहयोग समाज, प्रकाश सुनार, एनआरएनए यूएई, प्रमोद श्रेष्ठ, नेपाली सहयोगी हात, आइएनएएस, नरेश सेन, हिरालाल श्रेष्ठ, बिदुर न्यौपाने, कृष्णप्रसाद भट्टराई, फर सी ग्रुप, नेपाली समाज र व्यक्तिगत रुपमा संकलित १ लाख ४० हजार रुपैयाँ नगदद्धार नेपाली टोलीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममामार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबका पूर्णभक्त लामा, रवी शाही, मदन अधिकारी, सकिल अलि, समिम खान, पर्शुराम घिमिरेले दृष्टिबिहिन क्रिकेटका अध्यक्ष पवन घिमिरेलाई नगद हस्तान्तरण गरे ।
सोअवसरमा बोल्दै दृष्टिबिहिन क्रिकेट संघ नेपालका अध्यक्ष घिमिरेले रोजगारका लागि विदेशिनु परेका नेपालीहरुले आफ्नो मातृभूमिका खेलाडीप्रति देखाएको प्रेम सराहनीय रहेको बताए ।
पाकिस्तानमा र युएईमा संयुक्त रुपमा भएको दृष्टिबिहिन विश्वकप क्रिकेटमा नेपाली टोलीले ४ खेलमा विजय पाउन नसेके पनि अस्ट्रेलियामाथि ८ विकेटको रवाफिलो विजय पाएको थियो ।
सम्मान कार्यक्रम मानक मिडियाका निर्देशक रमेश क्षितिजले सञ्चालन गरेका थिए ।