Prakash Adhikari April 8, 2020

काठमाडौं, २६ चैत्र । मानवअधिकार तथा जनसरोकार समितिले सरकारसमक्ष लकडाउनको समयमा भएको राहत वितरण र स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन माग गरेको छ ।

समितिका संयोजक अधिवक्ता सुनिलकुमार पोखरेल र सचिव सचिव अधिवक्ता भुवनप्रसाद निरौलाले बुधबार ६ बूँदे विज्ञप्ति प्रकाशित गर्दै सो माग राख्नुभएको हो ।

समितिले जरुरतमन्द सबै नेपाली र नेपालमा रहेका अन्य देशका आवश्यकतामा परेका नागरिकलाई भेदभावरहित ढंगले राहत उपलब्ध गराउन, राहत वितरणमा भीडभाड हुन नदिने व्यवस्था गर्न, अस्थायी बसोबास भएका व्यक्तिलाई कि स्थायी वासस्थानसम्म पुर्याउने प्रबन्ध गर्न कि आवश्यकता अनुरुप राहत व्यवस्था गर्न, कोरोनासहित अन्य संक्रामक रोगको उपचारमा संलग्न चिकित्सकहरुलाई अत्यवाश्यकीय स्वास्थ्य सामग्री उपलब्ध गराउन, अस्पतालमा आएका विभिन्न रोगको सबै बिरामीको स्वास्थ्योपचार गर्ने उपयुक्त प्रबन्ध गर्न, पातलो वस्ती भएका जंगल छेउका वस्तीमा वन्यजन्तुबाट नागरिकको सुरक्षाको प्रबन्ध गर्न र कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सामाजिक दूरी कायम गर्ने प्रावधानलाई प्रभावकारी ढंगले परिपालन गर्ने व्यवस्था गर्न सरकारसंग आग्रह गरेको छ ।

Share Now

Leave a comment.