Prakash Adhikari April 10, 2020

 

वाशिंड.टन डीसी(संयुक्त राज्य अमेरिका), २७ चैत्र (बीबीसी) । अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट उम्मेवार बन्ने प्रतिस्पर्धाबाट बर्नी स्यान्डर्स पछाडि हटेपछि रिपब्लिकन पार्टीबाट पुनः उम्मेदवार बन्न लागेका राष्ट्रपति डोनल्ड ट्रम्पको प्रतिद्वन्द्वीमा भूतपूर्व उपराष्ट्रपति जो बाइडेन हुने निश्चितजस्तै भएको छ।

७८ वर्षीय स्यान्डर्सले पार्टीबाट उम्मेदवार बन्न आवश्यक मत प्राप्त गर्ने सम्भावित बाटो बाँकी नरहेको भन्दै बुधवार आफ्ना समर्थकहरूलाई आफ्नो निर्वाचन अभियान परित्याग गरेको घोषणा गर्नुभएको थियो।

प्रारम्भिक अभियानका बेला युवा मतदातामा रहेको आकर्षणका कारण स्यान्डर्स अगाडि देखिए पनि केही सातायता बाइडेनले उहाँलाई पछाडि पार्नुभएको थियो।

आफूलाई प्रजातान्त्रिक समाजवादी भन्ने स्यान्डर्सले सबैका लागि स्वास्थ्यसेवा, सार्वजनिक कलेजमा निस्शुल्क शिक्षा, धनीहरूका लागि धेरै कर र न्यूनतम आयमा वृद्धिका विषयलाई आफ्नो चुनावी मुद्दा बनाउनुभएको थियो।

स्यान्डर्स सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवार बन्न खोज्नुभएको थियो तर हिलारी क्लिन्टनले उहाँलाई पराजित गर्नुभयो।

स्यान्डर्सले अभियान छोडेपछि अगस्टमा हुने डेमोक्र्याटिक पार्टीको अधिवेशनले ७७ वर्षीय बाइडेनलाई उम्मेदवार छान्ने अपेक्षा गरिएको छ। त्यसपछि उहाँले रिपब्लिकन पार्टीका ट्रम्पसँग निर्वाचनमा प्रतिस्पर्धा गर्नुहुनेछ।

इन्टरनेटमार्फत् गरिएको सम्बोधनमा स्यान्डर्सले निर्वाचन अभियान अन्त्य गर्नु धेरै गाह्रो र दुःखद भएको बताउनुभयो।

‘मैले उम्मेदवार हुन कुनै बाटो बाँकी देखेको भए म रोकिने थिइनँ’, उहाँले भन्नुभयो।

उहाँले आफ्नो अभियानले ‘अमेरिका कस्तो देश बन्न सक्छ भन्ने विषयमा जनमत फेरेको र देशमा कहिले नसकिने आर्थिक न्याय, सामाजिक न्याय, जातीय न्याय र वातावरणीय न्यायको सङ्घर्षमा देशलाई एक कदम अगाडि बढाएको’ बताउनुभयो।

स्यान्डर्स
स्यान्डर्सले आफ्नो अभियानले ३० वर्षमुनिका मात्र नभई ५० वर्षमुनिका मानिसबाट पनि महत्त्वपूर्ण मत प्राप्त गरेको बताउँदै भन्नुभयो, ‘यो देशको भविष्य हाम्रो विचारसँग छ।’

स्यान्डर्सले बाइडेनलाई बधाई दिनुभयो र उहाँसँग आफ्नो प्रगतिशील विचारहरू अगाडि बढाउन मिलेर काम गर्ने बताउनुभयो।

‘मिलेर र सँगै उभिएर हामीले अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गर्न सक्छौँ।’

स्यान्डर्सको घोषणाको केही बेरमा नै बाइडेनले ट्वीट गर्दै भन्नुभयो, ‘म बर्नीलाई राम्ररी चिन्छु। उहाँ राम्रा व्यक्ति हुनुहुन्छ, एक महान् नेता तथा देशमा परिवर्तनको लागि बोल्ने सबैभन्दा शक्तिशाली आवाज ।’

उहाँले स्यान्डर्सले देशको स्वार्थ सबैभन्दामाथि राखेकोमा आभार व्यक्त गर्दै उहाँसंग निरन्तर सम्पर्क राख्ने बताउनुभयो।

‘म तपाईँलाई सुन्नेछु। तपाईँले भनेजस्तै ‘म होइन, हामी’, बाइडेनले भन्नुभयो।

ट्रम्पको कथन
ह्वाइट हाउसमा बुधवार राष्ट्रपति डोनल्ड ट्रम्पले किन बाइडेन उपराष्ट्रपति हुँदाका राष्ट्रपतिले उहाँलाई समर्थन नगर्नुभएको होला भनेर कटाक्ष गर्नुभयो।

ूराष्ट्रपति ओबामाले किन निन्द्रालु जोलाई समर्थन नगरेको भनेर मलाई अचम्म लाग्छ,ू ट्रम्पले बताउनुभयो।

ूयो भएको छैन। यो कहिले हुन्छरु यस्तो किन ( उहाँलाई त्यो थाहा छ जुन तपाईँलाई थाहा छैन। मलाई लाग्छ मलाई थाहा छ, तर तपाईँलाई थाहा छैन।ू

पूर्व राष्ट्रपति वाराक ओबामाले अहिलेसम्म कसैलाई पनि समर्थन गर्नुभएको छैन। तर अमेरिकी सञ्चारमाध्यमका अनुसार अब उहाँ बाइडेन र उहाँको अभियानलाई समर्थन गर्न इच्छुक हुनुहुन्छ।

तर उहाँ अहिलेको अवस्थामा कोरोनाभाइरस समस्याबाट देशको ध्यान हटाउन इच्छुक देखिनुभएको छैन्।

Share Now

Leave a comment.