काठमाडौं, २९ चैत्र । विश्वभर महमारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट शुक्रबारसम्म १ लाख बढीले जीवन गुमाएका छन् भने यसको घातक संक्रमणमा पर्नेको संख्या १७ लाखको नजिक पुगेको छ ।
कोरोना भाइरसको संक्रमण र यसले पुर्याएको मानवीय क्षतिको अभिलेख राख्दै आएको वल्र्डोमिटर डट कमका अनुसार यो घातक भाइरसको कारणबाट शुक्रबारसम्म १ लाख २ हजार ७ सय ३४ जनाले जीवन गुमाएका छन् ।
यसबाट संक्रमित हुनेहरुको संख्या १६लाख ९९ हजार ६ सय ३१ पुगेको छ । ती मध्ये ४९ हजार ८ सय ३० जना गम्भीर बिरामी रहेका छन् । ११ लाख ७० हजार ७ सय ४० जनामा सामान्य संक्रमण देखिएको छ ।
संक्रमित मध्ये ३ लाख ७६ हजार ३ सय २७ जना उपचारपछि निको भएका छन् ।
शुक्रबार एकैदिन विश्वभर ६ हजार ९ सय ७१ जनाले कोरोनाभाइरसको संक्रमणबाट जीवन गुमाउन पर्यो । यस दिन ३३ हजार ७ सय ५२ जनामा नयाँ संक्रमण देखियो ।
शुक्रबार कोरोना भाइरसबाट अधिक मृत्यु हुने देशहरुमा संयुक्त राज्य अमेरिका,फ्रान्स, बेलायत,स्पेन,इटाली,बेल्जियम,जर्मनी,इरान,नेदरल्याण्ड्स,बाजिल रहे । कोरोनाको उद्गम मानिएको चीनमा शुक्रबार एक जनाको मात्र जीवन गएको अभिलेख छ भने छिमेकी मित्रराष्ट्र भारतमा शुक्रबार कोरोनाभाइरसको संक्रमणबाट २२ जनाले जीवन गुमाएका छन् ।
शुक्रबार कोरोना विनासको स्थिति यस्तो रह्यो :
देश नयाँ मृत्यु कुल मृत्यु नयाँ संक्रमण कुल संक्रमण
संयुक्त राज्य अमेरिका २,०३५ १८,७४७ ३३,७५२ ५,०२,८७६
फ्रान्स ९८७ १३,१९७ ७,१२० १,२४,८६९
बेलायत ९८० ८,९५८ ८,६८१ ७३,७५८
स्पेन ६३४ १६,०८१ ५,०५१ १,५८,२७३
इटाली ५७० १८,८४९ ३,९५१ १,४७,५७७
बेल्जियम ४९६ ३,०१९ १,६८४ २६,६६७
जर्मनी १२९ २,७३६ ३,९३६ १,२२,१७१
इरान १२२ ४,२३२ १,९७२ ६८,१९२
नेदरल्याण्ड्स ११५ २,५११ १,३३५ २३,०९७
बाजिल ११४ १,०६८ १,६४४ १९,७८९
चीन १ ३,३३६ ४२ ८१,९०७
भारत २२ २४९ ८७५ ७,६००