Prakash Adhikari January 21, 2018

काठमाडौं, माघ १६ । शिवम् न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लब १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको तेस्रो दिन विजयी भएका छन् । नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा शनिबार भएको खेलमा शिवम् न्यु डायमण्डले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा न्यु डायमण्डले आर्मीमाथि २६–२४ को कठिन जित निकालेको थियो । त्यसपछि आफ्नो लय समातेको डायमण्डले २५–१४ र २५–१६ को जित निकाल्न सफल भयो । लिगको शीर्ष स्थानमा रहेको नेपाल एपीएफ क्लबले थ्री स्टारमाथि २५–३, २५–२ र २५–१ को सहज जित निकाल्यो ।

यस्तै लिगमा नेपाल पुलिस क्लबले लिगमा पहलो जित निकालेको छ । पहिलो खेलमा नेपाल एपीएफ क्लबसँग पराजित भएको पुलिसले मेघौली स्पोर्टस् क्लब चितवनलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगमा पहिलो जित दर्ता गर्न सफल भएको हो ।

पुलिसले मेघौलीमाथि २५–१०, २५–७ र २५–१३ को सहज जित निकाल्यो । पुलिससँग पराजित हुनुअघि मेघौलीले पारामाउन्ट स्कुमाथि ३–२ को रोमाञ्चक जित निकालेको थियो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट मेघौलीले १९–२५ ले जित्दै सहज शुरुवात गरेको थियो । तर, त्यसपछिको दुई सेट २५–२० र २५–१९ ले गुमाएको मेघौलीले उत्कृष्ट पुनरागमन गर्दै बाँकी दुई सेट २५–२० र १५–५ ले आफ्नो पक्षमा पारेको थियो ।

शनिबार न्यु डायमण्ड स्पोर्टस् क्लबले दोहोरो जित निकाल्न सफल भयो । पहिलो खेलमा स्प्रिङडेलको चुनौती १८–२५, २५–१५, २५–१७ र २९–२७ ले पन्छाएको न्यु डायमण्ड स्पोर्टस् क्लबले थ्री स्टार एकेडेमीलाई २५–१८, २५–१४ र २५–२० ले पराजित ग¥यो । जितसँगै एपीएफ चार खेलबाट अपराजित रहँदै १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । ९ अंक जोडेको न्यु डायमण्ड दोस्रो तथा समान ९ अंक नै रहेको तर, एक खेल बढी खेलेको आर्मी तेस्रो स्थानमा छ ।

न्यु डायमण्ड स्पोर्टस् र पारामाउन्ट स्कुल समान ६ अंकसहित चौथो र पाँचौ स्थानमा रहेको छ । लिगमा टप्स उच्च मावि पोखरा, पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल संघ र श्रीगाँउ स्पोर्टस् क्लब दाङले खेल्न बाँकी छ । प्रतियोगिता अन्र्तगत आइतबार ६ खेल हुनेछ ।

दिनको पहिलो खेलमा श्रीगाँय स्पोर्टस् क्लबले थ्री स्टार एकेडेमी, नेपाल पुलस क्लबले पारामाउन्ट स्कुल, नेपाल एपीएफ क्लबले मेघौली स्पेर्टस् क्लब, पुलिसले स्प्रिङडेल स्कुल, शिवम् न्यु डायमण्डले श्रीगाँउ स्पोर्टस् क्लब दाङसँग प्रतिस्पर्धा गर्नेछ भने दिनको अन्तिम खेलमा टप्स उच्च मावि पोखराले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

प्रतियोगिता माघ १९ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा हुनेछ । प्रतियोगिताको चार विधामा उत्कुष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउने छन् । बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटरका हकदार हुनेछन् ।

प्रतियोगिताका बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भिर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलले जनही ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता शुरु भएको दिनदेखि अन्तिम समयसम्म टिकट काटेर खेल हेर्न आउने दर्शक मध्ये लक्की ‘ड्र’ बाट एक जनाले पावरम्याक्स स्कुटी प्राप्त गर्नेछन् ।

प्रत्येक दिन एक दर्शकले लक्की ड्रबाट डाइमण्ड मोबाइल पनि पाउनेछन् । प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपबिजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन् । यस्तै चौथौ हुनेले ५० हजार, पाचौँले ४० हजार, छैठौंले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद प्राप्त गर्नेछन् ।

Share Now

Leave a comment.