Prakash Adhikari April 26, 2020

काठमाडौं, १४ वैशाख । सरकारले जारी लकडाउनलाई थप १० दिन लम्ब्याउने निर्णय गरेको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोनाभाइरस नियन्त्रा सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकाल्दै अहिल्यै खुकुलो पार्न उचित नहुने सिफारिस गरेको थियो।

उच्चस्तरीय समितिले जारी लकडाउन एक साता लम्ब्याउन सिफारिस गरेको थियो तर सरकारले लकडाउन १० दिन थपिदियो ।

 

https://www.facebook.com/surya.thapa.754918/posts/2952250701534081

सरकारले ११ चैतबाट १८ चैत्रसम्म लकडाउन लागू गरेको थियो । त्यसपछि चैत्र २५ सम्म लकडाउन बढाइएको छ । त्यसपछि बैशाख ३ सम्म थपियो र पछिल्लो पटक १२ दिन थपेर लडाउन १५ वैशाखसम्म पुर्याइयो ।

नेपालमा बाहिरबाट आएकाहरुमा कोरोनाको संक्रमण देखिएको संक्रमितको संपर्कमा आएकामा अत्यन्त न्यून संख्यामा सरेको कारण आर्थिक गतिविधि सुचारु गर्न अति जोखिममा रहेका समूह,समुदाय,क्षेत्रमा लकडाउन कायम गरी बाँकी क्षेत्र खुल्ने अनुमान गरिएको थियो ।

भारतसंगको सीमा बन्द गर्ने, संक्रमितको सम्पर्कमा रहेकाहरुको निगरानी गर्ने र विदेशबाट आएकाहरुलाई स्वयं क्वारेन्टाइनमा राख्न प्रेरित गरेको भए यो चरणमा लकडाउन खुकुलो बनाउन सकिने अवस्था विद्यमान थियो ।

तर सरकारले लकडाउन यथावस्थामा थप १० दिन बढाउने निर्णय गरेर जनजीवन सामान्यीकरण हुने समय विलम्बित गरेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणमा पर्नेहरुको सख्या ५२ पुगेको छ । यसैको संक्रमणको कारण कसैको मृत्यु भएको छैन ।

Share Now

Leave a comment.