काठमाडौं, ७ माघ । नेपाली लेग स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सन सुचीमा समेटिएका छन्।
शनिवार आईपीएलद्वारा जारि अक्सनमा समाविष्ट खेलाडीहरुको सुचीमा सन्दिपको नाम पनि कुल ५ सय ७८ जना खेलाडीभित्र परेको छ ।
आईपीएलको अक्सन यही जनवरी २७ र २८ मा आयोजना हुनेछ जसमा कुल ३ सय ६० भारतीय खेलाडी सहित ५ सय ७८ जना खेलाडीहरु रहेका छन्।
सन्दिपको नाम आईपीएल वेबसाइटले जारि गरेको सुचीको २७६ औं नम्बरमा छ। सूचीका अनुसार संदीप एसोसिएटको कोटामा छन्। अनक्याप्ड खेलाडीको सूचीमा रहेका संदीपको बेस प्राइस २० लाख भारतीय रुपैयाँ रहेको छ।
संदीप लामिछाने
आईपीएल अक्सनमा जाने खेलाडीहरुको सूचीको नम्बर १ मा भारतीय क्रिकेटर रविचन्द्रन आश्विन रहेका छन् भने शिखर धवन, फाफ डु प्लेसिस, क्रिस गेल, काइरन पोलार्ड, अजिंके रहने, गौतम गम्भीर जस्ता खेलाडीहरु सूचीमा रहेका छन्।
नेपाली शेनवार्न सन्दिप यस अघि पनि पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्ट सूचीमा परे पनि कुनै पनि टिमले लिएका थिएनन्। आईपीएलको ११ औं सिजनमा यो पटक ८ वटा टिमहरु खेल्दैछन् जसमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सको आगमन हुँदैछ।
नेपाली राष्टिय क्रिकेट टिमका खेलाडी समेत रहेका लेग स्पिनर संदीपल आफ्नो खेल मार्फत २०१६ यु(१९ बिश्वकपमा बिश्वकप ध्यान आकर्षण गरेका थिए । त्यो प्रतियोगितामा उनले आयरल्याण्डसंग ह्याट(ट्रिक सहित ५ विकेट लिएका थिए भए प्रतियोगिताकै धेरै विकेट लिने सूचीमा दोश्रो स्थानमा थिए ।
नेपाली राष्टिय क्रिकेट टिमबाट लगातार खेलिरहेका संदीपले २०१६ मै हंगकंगको घरेलु टि(२० प्रतियोगिता हंगकंग टि(२० ब्लीटज खेलीसकेका थिए जहाँ उनले स्ट्रेलियन पूर्व कप्तान माईकल क्लार्कसंग काउलुन क्यान्टोन क्लबबाट खेल्ने मौका पाएका थिए । त्यस प्रतियोगिता पछि क्लार्ककै निम्तोमा उनले अस्ट्रेलियामा क्रिकेट खेल्ने र सिक्ने मौका पाएका थिए ।
गत बर्ष सिंगापुरमा सम्पन्न यु(१९ एसिया बिश्वकप छनौटमा कुल २४ विकेट लिएका सन्दिप नेपालको लागि एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै विकेट लिने खेलाडी समेत हुन् ।
गत बर्ष फेब्रुअरीमा बिश्व प्रसिद्ध बेलायती क्रिकेट म्यागजिन ‘अलआउट क्रिकेट’ ले जारि गरेको बिश्व क्रिकेटमा प्रभाब बनाएका र बनाउन सक्ने खेलाडीको सूचीमा समेत संदीप रहेका थिए ।