काठमाडौं,२१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले वैशाख २६ गते दिउँसो ४ बजेदेखि बस्ने गरि संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्धारा आइतबार दिउसो जारी विज्ञप्तिमा जनाइएको छ ।
आइतबार बसेको मन्त्रपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, बजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ ।
नेपालको संविधानले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्ने व्यवस्था गरेको छ ।
बजेट पेश गर्नुअघि राष्ट्रपतिले संबोधन मार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।सो नीति पारित भएपछि त्यसै अन्तरगत रहेर कार्यक्रम तय गरी बजेट बिनियोजन गरिन्छ । बजेट अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्ने चलन छ ।


















