Prakash Adhikari May 6, 2020

 

काठमाडौं, २४ । बीरगञ्जमा बुधबार एकै दिन १७ जना कोरोना भाइरसको संक्रमित बिरामी थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

नयाँ संक्रमित बिरामीमा दुई महिनाको शिशुदेखि ६६ वर्षसम्मको उमेर समूहका व्यक्तिहरु रहेका छन् ।

संक्रमितमध्ये ७ जना महिला र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ९९ पुगेको छ।

Share Now

Leave a comment.