Prakash Adhikari May 11, 2020

 

काठमाडौं, २९ बैशाख । प्रजातान्त्रिक विचारप्रति प्रतिबद्ध नेपालका बुद्धिजीवीहरुको संस्था प्रजातान्तिक विचार समाज नेपालले देशको अतिक्रमित भूभाग फिर्ता ल्याउन सबै राजनीतिक दलसंग अपिल गरेको छ ।

संघका तर्फबाट अध्यक्ष डा.केदारनरसिंह के.सी.ले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै सबै राजनीतिक दलको सहमतिमा यस्तो अतिक्रमित भूमि फिर्ता ल्याउने कदम अगाडि बढाउन यस्तो अपिल गर्नुभएको हो ।

समाजले नेपालले दावी गरिरहेको महाकाली नदीको उद्गमस्थलका पूर्वी भेगीय पानी ढलोमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा नेपालसंग कुनै सरोकार नराखीकन भारतले लिपुलेक भञ्ज्याड.सम्म पुग्ने मोटर बाटो निर्माण गरेकामा संस्थाको ध्यानाकृष्ट भएको जनाउदै सो क्षेत्रको सीमा विवाद राष्ट्रहितमा हुने गरी टुंग्याउन पनि समाजले आग्रह गरेको छ ।

समाजले मुलुकको भौगोलिक अखण्डताको रक्षासंग जोडिएको यस विषयलाई सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकले निर्वाचित गरेको संघीय संसदले गम्भीरतापूर्वक छलफल गरेर सुनौली सन्धीमा उल्लेखभए बमोजिमको महाकालीपूर्वका भूमि फिर्ता लिन कूटनीतिक वातावरण बनाउन नेपाल सरकारलाई निर्देशित गर्न पनि समाजले अनुरोध गरेको छ ।

समाजले सबै राजनीतिक दलहरुको सहमति र सहयोग लिएर लिपुलेक,कालापानी र लिम्पियाधुराको जमिन फिर्ता ल्याउन राजनीतिक र कुटनीतिक स्तरमा पहल गर्न पनि सरकारलाई अनुरोध गरेको छ ।

समाजका अध्यक्ष डा. के.सी.ले आफ्नो मातृभूमिको रक्षाको लागि आवाज उठाउने नेपालीलाई दमन नगर्न पनि प्रशासनलाई चेतावनी दिनुभएको छ ।

समाजले आफ्नो देश फर्किन पाउनुपर्ने माग लिएर सिंहदरवार अगाडि विरोध प्रदर्शन गर्ने चिनिया नागरिकहरुले सुरक्षामा खटिएका प्रहरीमाथि गरेको आक्रमणको पनि विरोध गरेको छ ।

Share Now

Leave a comment.