काठमाडौं, २९ बैशाख । सुगौली सन्धीले सिमांकन गरे अनुरुप नेपालको स्वामित्वमा रहेको महाकाली नदीको पूर्वीभागमा पर्ने लिपुलेक क्षेत्रमा नेपालसंग कुनै सम्पर्क नै नराखिकन भारतले मोटरबाटो बनाएको विषयमा परराष्ट्र मन्त्रालयले नेपालका लागि भारतीय राजदूतलाई बोलाएर सोधपुछ गरेको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर लिपुलेक भञ्ज्याडसम्म पुग्ने गरि निर्माण भएको मोटरबाटोको सम्बन्धमा औपचारिक धारणा माग गर्नुभएको हो।
Foreign Minister Hon. @PradeepgyawaliK conveyed Government of Nepal's position on boundary issues to Ambassador of India to Nepal H.E. Mr. Vinay Mohan Kwatra at a meeting held at MoFA today and handed over a diplomatic note in this regard.
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) May 11, 2020
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपालको पश्चिमोत्तर सीमाको विषयमा नेपालको धारणा पनि स्पष्ट राख्नुभएको थियो ।
परराष्ट्र मन्त्रालयले यसै सम्बन्धमा भारतीय राजदूतलाई कुटनीतिक नोट दिनुभएको जनाएको छ।