Prakash Adhikari May 13, 2020

 

काठमाडौं, ३० वैशाख । मंगलबार एकै दिन नेपालमा ८३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले राति १० बजे एक विज्ञप्ति प्रकाशित गदैं काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेसंगै यो संक्रमितको संख्या २ सय कटेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरमा एक २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा २२ देखि ६० बर्ष उमेरका ६ महिला र १६ दखि ६१ बर्ष उमेरका १२ जना पुरुष रहेका छन् ।

मंगलबार महोत्तरीका दुई पुरुष र धनुषामा एक महिला तथा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि मंगलबार दिउँसोसम्म ५७ जनामा संक्रमण देखिएको थियो ।

उनीहरू मध्ये ३९ जना पर्साका थिए । त्यसमध्ये २५ जना वीरगञ्ज महानगरपालिकाका थिए । उनीहरु छपकैया, इनरवा, घुसुकपुर र नग्वा क्षेत्रका हुन् । र, १२ बर्षदेखि ५३ बर्ष उमेरका छन् ।

वीरगञ्जमा संक्रमणमा परेका मध्ये दुई जना वीरगञ्जका पत्रकार समेत छन् ।

यस्तै छिपरमाई गाउँपालिकाको मंगल माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसका १४ जना संक्रमित छन् । उनीहरु १३ वैशाखमा बागलुङबाट पर्सा आइपुगेका थिए ।

मंगलबार बाराको बिश्रामपुर गाउँपालिकाका अर्का ं१४ बर्षीय किशोरमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । छपकैयाका संक्रमितको कट्याक ट्रेसिङका क्रममा उनको थ्रोट स्वाब संकलन गरिएको थियो ।

कोरोना संक्रमितको संख्या बढेसँगै पर्सा र बारा प्रशासनले निषेधाज्ञा समेत जारी गरेका छन् ।

मंगलबार नै कपिलवस्तुमा थप ८ जनामा संक्रमण देखिएको छ । त्यसमा २५ बर्षीय नर्ससमेत छन् । उनी तौलिहवा अस्पतालमा कार्यरत थिइन् । सो अस्पतालको ९ जनाको स्वाब संकलन गरिएकोमा ८ जनाको भने रिपोर्ट नेगेटिभ आएको थियो ।

मंगलबार थपिएका सबै संक्रमित कपिलवस्तु नगरपालिकाका हुन् । कपिलवस्तुमा मात्र कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।संक्रमित स्वास्थ्यकर्मीसहित ७ जनालाई मंगलबार नै बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ ।

मंगलबार रुपन्देहीमा ९ जना कोरोना संक्रमित भेटिएका थिए । १७ देखि ५० वर्ष उमेरका उनीहरु लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दा हुन् ।

उनीहरू सबै लकडाउनको समयमा भारतको मुम्बई र कानपुरबाट नेपाल(भारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका थिए । यससँगै रुपन्देही जिल्लामा मात्र कोरोना संक्रमितको संख्या १६ जना पुगेको छ ।

सोमबार पनि एकैदिन २४ जनामा संक्रमण पुष्टि भएको थियो।

Share Now

Leave a comment.