Prakash Adhikari May 25, 2020

काठमाडौं,१२ जेठ । प्रदेश २ अन्तरगतका स्थानीय सरकारका प्रतिनिधिहरुले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन माग गरेका छन् ।

स्मार्ट वास सोलुसन्स प्रा.लि.ले कोरोना भाइरसको संक्रमण र खानेपानी तथा सरसफाई क्षेत्रको अवस्थाको बारेमा प्रदेश २ का स्थानीय सरकारका प्रतिनिधिहरुसंग गरेको जुम मिटिड.का अवसरमा सहभागी नगरपालिकाका प्रमुख,उपप्रमुख तथा प्रतिनिधिहरुले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा सहभागिता जनाउदै सिरहाको लहान नगरपालिकाका प्रमुख मुनिलाल साह(सुडी)ले नगरपालिकामा दैनिक ११ घण्टा पानी आपूर्ति गरिएको जानकारी दिंदै निकट भविष्यमा दैनिक १८ घण्टासम्म पानी दिने तयारी भएको बताउनुभयो । उहाँले नगरमा ढल निकास र प्रशोधनमा भने समस्या रहेको जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नगरमा ८० वटा क्वारेन्टाइन केन्द्र स्थापना भएको पीसीआर परीक्षणको दायरा बढाउन अनुरोध गरिएको बताउनुभयो ।

कार्यक्रममा पर्साको पोखरिया नगरपालिकाका उपप्रमुख सल्मा खातुनले कोरोना भाइरसको संक्रमणबारे जनचेतना अभिबृद्धि गर्ने, चोक चोक र कार्यालयमा साबुन पानीले हातधुने ब्यवस्था गरिएको बताउनुभयो । उहाँले अस्पतालमा दुइवटा आइसोलेसन वार्ड स्थापना गरिएको बताउनुभयो ।

भिडियो कन्फरेन्समा बाराको महागढी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विजयप्रसाद कुशवाहले सार्वजनिक विद्यालयमा क्वारेन्टाइन केन्द्र राख्ने निर्णय भएता पनि विद्यालय व्यवस्थापन समितिहर सहमत नभएकोले वडावडामा क्वारेन्टाइन स्थापना गरिएको बताउनुभयो । नगरपालिकामा ५ वटा क्वारेन्टाइन स्थापना गरिएको तर शौचालयको समस्या रहेको बताउनुभयो ।

कार्यक्रममा सिरहाको गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले नगरमा ४ सय जनाको व्यवस्थापन हुने गरी क्वारेन्टाइन बनाएको बताउनुभयो । उहाँले क्वारेन्टाइनमा नगरपालिकाले खाना,पानी र सरसफाईको उचित ब्यवस्था भएको बताउनुभयो । तर धेरै लामो समय नगरपालिकालाई धान्न कठिन हुने बताउनभभयो ।

उहाँले तरकारी बजार ब्यवस्थित गरिएको,बजारमा निसंक्रमण गराउने औषधी छरिएको बताउनुभयो । उहाँले नगरको उत्तरी भेगमा खानेपानीको केही समस्या रहेको र त्यसको समाधानको लागि ९ वटा ट्या.की निर्माणाधीन भएको बताउनुभयो ।

कार्यक्रममा रौतहटको गढीमाई नगरपालिकाका उपप्रमुख सुभद्रा गुप्ताले सीमावर्ति क्षेत्र रहेको र अस्थायी रोजगारीको क्रममा भारत गएकाहरु फर्किने क्रम जारी रहेको बताउदै कोरोना भाइरसको परीक्षणको भरपर्दो व्यवस्थ ागर्न आग्रह गर्नुभयो ।

उहाँले विद्यालयहरुमा क्वारैन्टाइन स्थापना गर्न नदिने खालका कुराहरु आएकोले वडा वडामा क्वरेन्टाइन बनाउन पर्ने अवस्था रहेको बताउनुभयो ।
उहाँले निजी जाँचका सम्बन्धमा भएको व्यवस्थाले स्थानीय तहमा समस्या ल्याउने बताउदै निमुखा जनताहरु शुल्क तिरेर जाँच गर्न सक्षम नरहेकोले सरकारले निशुल्क जाँचको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँले नगरमा चिकित्सक र मेसिनको अभाव भएकोले सुरुमा ३ । ४ नगरपालिका मिलेर चन्द्रपुरमा क्वारेन्टाइन राखिएको बताउनुभयो ।

जुम मिटिड.मा धनुषा जिल्लाको मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले देशमा लक डाउन सुरु भएपछि कोरोना भाइरस संक्रमणको बारेमा जनचेतना जगाउन माइकिंग र पर्चा वितरण कार्य गरिएको बताउनुभयो। उहाँले विपन्न परिवारमा साबुन र राहत वितरण गरिएको बताउनु भयो ।

उहाँले नगरपालिकामा २ वटा क्वारेन्टाइन सञ्चालनमा आएको र एक नयाँ स्थापना भएको बताउनुभयो। नगरमा एक जना संक्रमित फेला परेकोले उनको सम्पर्कमा आएका सबैको स्वाव परीक्षण गरिएको बताउनुभयो। उहाँले क्वारेन्टाइनमा नगरपालिकाले खाना,पानी,सरसफाई र शौचालयको उचित प्रबन्ध गरिएको पनि बताउनुभयो ।

जुम मिटिड.मा रौतहट जिल्लाको गरुडा नगरपालिकाका उपप्रमुख रंगिलाकुमारी जयसवालले नगरमा एक क्वारेन्टाइन स्थापना गरिएको नमुना परीषणमा कसैको पोजेटिभ नदेखिएकोले १४ दिनको बसाई पछि क्रमश डिस्चार्ज भएको बताउनुभयो ।

उहाँले नगरको केही भागमा खानेपानीको पनि समस्या रहेको बताउनुभयो । उहाँले नगरमा राहत वितरण व्यवस्थित हुन नसकेको, कोरोनाको शुल्क लिने कुराले परीक्षणमा सहभागिता जनाउन समस्या आउने स्थिति रहेको र कोरोना संक्रमणको कारण लगाइएको लक डाउनले व्यापारी,कृषक र मजदुर मर्कामा परेको बताउनुभयो ।

कार्यक्रममा महोत्तरी जिल्लाको रामगोपाल नगरपालिकाका प्रमुख अशोक मण्डलले राहतको पहिलो चरण सकिएको र दोस्रो चरणकोलागि वडा वडाको तथ्यांक लिने काम भएको बताउनुभयो । उहाँले नगरमा १५ । २० वटा क्वारेन्टाइन स्थापना गरिएको बताउदै भारतमा लक डाउन खुकुलो पारी श्रमिक एक्सप्रेस चलाएपछि नगरमा फर्किनेहरुको संख्या बढेको बताउनुभयो। उहाँले नगरमा आरडीटी जाँचको सुविधा भएको तर पीसीआरको नभएको बताउनुभयो ।

कार्यक्रममा कञ्चनरुप नगरपालिकाका वडा १ का अध्यक्षले कोरोना संक्रमणबाट बच्नका लागि माइकिंगबाट जन चेतना फेलाइएको, सरसफाई र पीउने पानीको बारेमा जानकारी गराइएको र मास्क र साबुन वितरण गरेको बताउनुभयो । उहाँले नगरभित्रका हरेक कार्यालयामा साबुन पानीले हात धुने व्यवस्था गरिएको पनि बताउनुभयो ।

कार्यक्रममा गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुरले नगरमा माईक,एफएम,पत्रिकाका माध्यमबाट जनचेतना फैलाएको,सीमामा हेल्थ डेस्क, मास्क, सेनिटाइजर राखिएको बताउनुभयो । उहाँले गौर नगरमा कोरोना संक्रमित नभएको र क्वारेन्टाइनमा रौतहटका २१ र भारतबाट आएका ८० जना रहेको तथा आइसोलेसनमा १८ जना रहेको बताउनुभयो।

उहाँले कोरोनाबाट बच्न पानी ट्रयांकी सरसफाई गर्ने, बजारमा निसंक्रमण गर्ने कार्य समेत गरेको बताउदै जिल्लामा खर्च हुन नसकेर फ्रिज हुने रकम कोरोनाको रोकथामा र संक्रमित बिरामीको उपचारमा लगाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा कञ्चनरुप नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतले बालमैत्री नगर भएको र स्वास्थ्य र सरसफाई त्यसको एक अंग भएकोले नगर क्षेत्रमा स्वास्थ्य र सरसफाईमा बिशेष ध्यान दिइउको बताउनुभयो ।

उहाँले भन्नुभयो, ११ स्थानमा ओभरहेड ट्रयांकी भइएको सथानमा साबुन पानीले हात धुने बन्दोबस्त मिलाइएको छ । १२ बडामा साबुन पानीले हात हुने सुविधा उपलब्ध गराउन बाल्टिन र सावुन वितरण गरिएको छ ।

नगरमा ६ हजार ३ सय ३ परिवारमा करिब ५८ लाख रुपैया बराबरको राहत सामग्री वितरण गरिएको बताउदै उहाँले डंगू नियन्त्रणको लागि पनि औषधी छर्कने काम भएको बताउनुभयो ।

उहाँले २५ प्रतिशत भारतीय नागरिकको र १० प्रतिशत नेपालीलाई पीसीआर टेष्ट गर्न स्थानीय तहलाई नै कीट किन्ने सुविधा दिन पनि माग गर्नुभयो ।
उहाँले राहतो नाममा हरेक वडामा ५० देखि ५८ प्याकेट बाड्ने कार्यले लुटपाट हुने जोखिम बढाएको उल्लेख गर्दै सो परिमाण बढाउन र स्थानीय सरकारको भूमिका बढी रहने गरी वितरणगर्ने व्यवस्थ ागर्न पनि माग गर्नुभयो । नगरमा ३ वटा क्वारेन्टाइन रहेको र २८ जना राखिएको बताउदै भारतमा लकडाउन खुकुुलो गरी रेलसेवा सञ्चालन भएपछि निगरानीमा राख्नुपर्ने मानिसको संख्या बढन सक्ने भएकोले हरेका डामा क्वारेन्टायन सञ्चालन गर्ने तयारी भएको बपनि बताउनुभयो ।

 

कार्यक्रममा अर्थविद् डा. चन्द्रमणि अधिकारीले कोरोना भाइरसको संक्रमणको कारण विश्वमा ४० प्रतिशत लगानी कम भएको उल्लेख गर्दे यसले आगामी दिनमा देशमा उपलब्ध स्रोत साधनमा माथिदेखि तलसम्म असर गर्ने बताउनुभयो । उहाँले कोरोना संक्रमण र लक डाउनको कारण १२ देखि १५ लाख विदेशिएको जनशक्ति देशमा फर्कन सक्ने भएकोले सो जनशक्तिलाई नेपाल फर्किनासाथ उत्पादनमूलक कृषिमा संलग्न गराउने कार्यक्रम तयार पार्न पनि स्थानीय सरकारका प्रतिनिधिलाई आग्ह गर्नुभयो ।

उहाँले प्रदेश नं २ मा गरिबीको दर पनि बढी रहेको बेरोजगारी पनि बढी भएकोले विदेशबाट आउने र सथानी बेरोजगारीको आाकलन गरी बजेट निर्माण गर्न पनि आग्रह गर्नुभयो। उहाँले पानीको महत्व सबै जीव र वनस्पतिलाई उत्तिकै भएको उल्लेख गर्दै कोभिडले पानी र हात धुनेबानीको महत्व झन उजागर गरेको बताउनुभयो । डा. अधिकारीले स्थानीय निकायका प्रतिनिधिहरुलाई को बढी शोषित,उपेक्षित र आवश्यकतामा छन् तिनीहरुको समस्याको निराकरणलाई केन्द्रमा राखेर आगामी कार्यक्रम तर्जुमा गर्न अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा महिला अधिकारकर्मी रीता कुमारी साहले कोरोना भाइरसको संक्रमणबाट जोगिन लगाएको लकडाउनले गर्भवती महिलाहरुको नियमित स्वास्थ्य जाँच र सुत्केरी सेवा, दीर्घरोगीहरुको नियमित र आकस्मिक स्वास्थ्य सेवा पहुँचमा असर परेको बताउनु भयो । उहाँले लकडाउनमा पनि महिला हिंसा भएको र पीडकहरुलाई कठघरामा उभ्याउन कठिन भएको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा खानेपानी विभागका कविन्द्रविक्रम कार्कीले प्रदेश २ मा खानेपानीको अभाव नरहेको र गुणस्तरमा क्र्रमश सुधार गर्न सकिने सबल पक्ष रहेको बताउदै कोरोना संक्रमणका सम्बन्धमा क्वारेन्टाइन स्थलमा राखिने ह्याण्ड पम्प र सार्वजनिक धाराको रुपमा रहेका त्यस्ता ह्याण्ड पम्पबाट कोरोना फैलिने जोखिम शून्य नभएको बताउनुभयो । उहाँले खानेपानीको उत्पादन र आपूर्ति १० देखि १५ प्रतिशत बढाउनु पर्ने बताउदै भन्नुभयो, पानीको परिणाम,गुणस्तर,पानी आउने विश्वसनीयता र पानी आउने समय बढाउन आवश्यकता रहेको बताउनुभयो ।

उहाँले कोरोना संक्रमणको महामारीले सबैलाई पटकपटक नाक,मुख,कान,टाउको,घाँटी र आँखामा हात पुर्याइहाल्ने बानीमा सुधार ल्याउने सन्देश पनि दिएको बताउनुभयो ।

पूर्व मन्त्री गणेश साहले सहजीकरण गर्नुभएको सो कन्फरेन्समा स्मार्ट वास सोलुसनका अध्यक्ष ई. रामदीप साहले खानेपानी र सरसफाई क्षेत्रको महत्व, कोरोना भाइरसको प्रकोप र खानेपानी तथा सरसफाई क्षेत्रले दिन सक्ने योगदान,खानेपानी र सरसफाई क्षेत्रमा नेतृत्वको खाँचो, दीगो विकासमा खानेपानी तथा सरसफाई र नेपालको खानेपानी क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिबृद्धिको विषयमा प्रकाश पानुृभएको थियो ।

त्यस्तै स्मार्ट वासका कार्यकारी अधिकृत ई.हरिप्रसाद शर्माले विश्व तथा नेपालमा कोरोना भाइरसको संक्रमणको अवस्था,कोरोना भाइरसको संक्रमण न्यूनीकरणमा हातधुने बानी र स्वच्छ पानीको महत्व, पानीलाई सरक्षित र स्वच्छ राखी पिउन योग्य बनाउन हालिने क्लोरिनको मात्रा निर्धारण सम्बन्धी जानकारी दिनुभएको थियो ।

Share Now

Leave a comment.