Prakash Adhikari May 29, 2020

काठमाडौं, १६ जेठ । नेपालमा शुक्रवार थप १ सय ७० जनालाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ भने यसको घातक संक्रमणमा परेर मर्नेको संख्या छ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीवार अपराह्ण नेपालमा अब सङ्क्रमितको कुल सङ्ख्या १ हजार २ सय १२ पुगेको बताउनुभयो।

यो एकै दिन बढेको अहिलेसम्मको सर्वाधिक सङ्ख्या हो। बुधवार १ सय १४ जनामा र बिहीवार १ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ।

प्रवक्ता डा. देवकोटाका अनुसार बुधवार राति अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

मृतक हालै भारतबाट नेपाल प्रवेश गरेको मन्त्रालयले जनाएको हो।

नेपाल

डा. देवकोटाका अनुसार अहिलेसम्म निको हुनेको सङ्ख्या २ सय ६ छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि ९९ हजार ३ सय ३६ व्यक्ति क्वारेन्टाइनमा र एक हजार जना आइसोलेशन अर्थात् एकान्तवासमा चिकित्सकीय निगरानीमा छन्।

अहिलेसम्म पीसीआर विधिबाट कुल ६४ हजार १ सय ५४ वटा परीक्षण गरिएको छ।

अहिले प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्क्रमित छन्।

Share Now

Leave a comment.