Prakash Adhikari May 30, 2020

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), १७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड डोनाल्ड ट्रम्पले आफ्नो देशले विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ) संगको सम्बन्ध शुक्रबारदेखि तोडिएको जानकारी दिनुभएको छ ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कोरोना भाइरसको संक्रमण प्रारम्भमा नै रोक्न यो विश्व संगठन असफल रहेको आरोप लगाउनुभयो ।
संयुक्त राष्ट्र संघ अन्तरगतको यस संस्थामा जाने आर्थिक सहयोग ट्रम्प प्रशासनले पहिल्यै रोकेको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो देशमा कोरोनाको संक्रमण फैलिएदेखि नै विश्व स्वास्थ्य संगठन चीनको कठपुतली भएको आरोप लगाउदै आउनुभएको छ ।

शुक्रबारको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘विश्व स्वास्थ्य संगठनमा व्यापक सुधारको लागि अनुरोध गरिएको थियो तर सो संगठन यस्तो सुधार गर्न असमर्थ रह्यो । आजकै दिनदेखि हामीले यस संगठनसंगको सम्बन्ध तोड्ने निर्णय गरेका छौ ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनमा जाने अमेरिकी सहयोग विश्वको सार्वजनिक स्वास्थ्यमा आफ्ना निकायमार्फत परिचालन गरिने पनि बताउनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठन पूर्णत चिनको नियन्त्रामा रहेको आरोप लगाउदै चीनले सो संगठनलाई दिने सहयोग आफ्नो देशको तुलनामा नगण्य भएको पनि बताउनु भयो ।

अमरिकी राष्ट्रपति ट्रम्पले वितेका महिनामा विश्व स्वास्थ्य संगठनलाई ३० दिनभित्र संगठनको कार्यशैलीमा सन्तोषजनका सुधार नआएमा अमेरिकाले सो संगठनलाई दिने पुरै रकम स्थायी रुपमा रोकिदिने चेतावनी दिनुभएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनको गल्तिको मूल्य सारा विश्वले चुकाउनु परेका आरोप लगाउने सो संस्थालाइृ लेख्नुभएको पत्रमा चीन परस्त नीतिबाट मुक्त हुन अनुरोध गर्नुभएको थियो ।

राष्ट्रपति टम्पले चीनप्रति निशाना साँध्दै भन्नुभएको थियो, ‘सारा विश्व चीन सरकारको अपराधाको सजाँय भोगिररहेको छ । चीनले नै विश्वमा महामारी फैलायो र हामीले १ लाखभन्दाबढी अमेरिकी नागरिकको मृत्यु सहेर यसको मूल्य चुकाउनु परिरहेको छ ।’

Share Now

Leave a comment.