Prakash Adhikari June 1, 2020

 

काठमाडौं, १९ जेठ (बीबीसी) । सोमवार थप २ सय ३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १ हजार ८ सय ११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

नयाँ सङ्क्रमितमध्ये १४ जना महिला र २ सय २५ जना पुरुष रहेका छन्।

सङ्क्रमितमध्ये आठ जनाको मृत्यु भइसकेको छ।

लगातार एक सयभन्दा बढी सङ्क्रमण पुष्टि भएको सोमवार छैठौँ दिन हो।

गएको छ दिनमा मात्रै १ हजार ३९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो।

नेपालमा नयाँ कोरोनाभाइरस सङ्क्रमण
गत १० दिनको दैनिक सङ्क्रमण पुष्टि सङ्ख्या

स्रोतस् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

सोमवार सबैभन्दा बढी दैलेखमा ४० जनामा सङ्क्रमण पुष्टि भएको हो।

त्यस्तै कपिलवस्तुमा ४७ र सर्लाहीमा ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ।

अन्य पुष्टि भएका सङ्क्रमणहरू जुम्लामा १९, रौतहटमा १८, सल्यानमा १०, बाँके, धनुषा र दाङमा ७(७, सिरहा र सुर्खेतमा ५(५, नवलपरासी पूर्वका ३, झापा र महोत्तरीका २(२ एवम् अछाम, बैतडी, डोटी, उदयपुर, मकवानपुर र कञ्चनपुरमा १(१ रहेको डा. देवकोटाले बताउनुभयो।

मन्त्रालयका अनुसार सोमवार बैतडीमा सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित हुने जिल्ला सङ्ख्या ५९ पुगेको छ।

गएको २४ घण्टामा २ हजार ३ सय १० जनाको पीसीआर परीक्षण गरिएको र २ हजार ६ सय ४८ जनामा आरडीटी परीक्षण गरिएको डा. देवकोटाले बताउनुभएको छ।

कुल सङ्क्रमितमध्ये १ हजार ५ सय ६९ जना उपचारको क्रममा आइसोलेशनमा रहेको बताइएको छ।

काठमाडौं र डडेलधुरामा मृत्यु भएका दुई व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण नदेखिएको पनि डा. देवकोटाले बताउनुभयो।

आइतवार अपराह्ण मन्त्रालयले २४ घण्टामा १ सय ६६ जनामा सङ्क्रमण पुष्टि भएको बताएको भए पनि पछि कुल सङ्ख्या अद्यावधिक गरेर १ सय ७५ पुगेको जनाएको थियो।

कोरोनाभाइरस
नेपालमा कोरोनाभाइरस सङ्क्रमण
जेठ १९ सोमवार अपराह्ण ४ : ३० बजेसम्मको तथ्याङ्क

१,७९८ कुल सङ्क्रमण

५९ प्रभावित जिल्ला

पीसीआर विधिबाट परीक्षण ७१,९०३

चिकित्सकीय निगरानीमा अलग्गै १,७९८

देशभरि क्वारन्टाइनमा १,१३,७५७

अहिलेसम्म कोरोनाभाइरसमुक्त २२१

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

कर्णालीमा ७५ नयाँ सङ्क्रमण

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार उक्त प्रदेशमा सोमवार बिहान मात्रै ७५ नयाँ सङ्क्रमण पुष्टि भएको छ।

त्यहाँ कोभिड(१९ का कुल बिरामी सङ्ख्या १९८ पुगेको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जनाउनुभएको छ।

सोमवार बिहान पुष्टि भएका मध्ये ३२ जनाको सुर्खेतमा र ४३ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा परीक्षण गरिएको मन्त्रालयले बताएको छ।

तीमध्ये एक दुई वर्षीय बालिकसहित तीनजना बालक रहेका छन्। ती सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ।

Share Now

Leave a comment.