Prakash Adhikari June 7, 2020

काठमाडौं,२५ जेठ । विदेशबाट फर्किने नेपालीहरूलाई राख्नको लागि सरकारले ४७ वटा पर्यटकस्तरीय होटेलहरुको बन्दोबस्त गरी त्यसको नाम सार्वजनिक गरेको छ ।

सरकारले विदेशबाट पहिलो चरणमा आउने नेपालीहरुलाई क्वारेन्टाइनको रुपमा राख्न काठमाडौं,ललितपुर, भक्तपुर, पोखरा(कास्की), चितवन, लुम्बिनी (रुपन्देही)का  होटलहरु तयारी अवस्थामा राखेको छ । सरकारले सार्वजनिक गरेको सूचीमा ३ वटा चारतारे, ९वटा तीनतारे २ वटा दुईतारे, ५ वटा एकतारे र अन्य चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २८ होटलहरु छन् ।

सरकारले सार्वजनिक गरेको चार तारे होटलको सूचीमा काठमाडौंको ग्राण्ड, रुपन्देहीको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र पोखराको स्वीस इन्टरनेशनल होटल सरोवर छन् ।

त्यस्तै तीन तारे होटलमा काठमाडौंको एअरपोर्ट होटल, बैशाली होटल, समिट रेसिडेन्सी,मस्र्याड.दी, प्लाटिनम,होटल मनाड.,पोखराको ल्याण्डमार्क, होटल मुनलाईट ठमेल,होटल सबरिना बुढानिलकण्ठ छन् ।

त्यस्तै क्वारेन्टाइनको रुपमा प्रयोग हुने दुई तारे,एक तारे र डिलक्स होटलहरुमा होटल ल्याण्डमार्क दरबारमार्ग, होटल कमल कमलपोखरी,पार्क भिलेज बुढानिलकण्ठ, होटल क्राउन प्लाजा नक्साल,होटल प्रिन्स प्लाजा सानो गौचरण,होटल शिवम् पिंगलास्थान,होटल गणेश हिमाल ठमेल,होटल थोरोड.ला पिक, होटल भिभान्त काठमाडौं,लाफा होटल लैनचौर,होटल रिडर्स इन सिनामंगल, होटल एभरेष्ट माउण्ट होलिडे,होटल मिरेज लर्डस् इन,बत्तिसपुतली, प्लाटिनम होटल छन् ।

यस्तै पर्यटक स्तरीय होटलमा होटल याम्बु प्रा.लि ठमेल,होटल फेमिली होम ठमेल, होटल शिवशंकर जयवागेश्वरी,होटल रिभर सोह्रखुट्टे, काठमाडौं सिटी होटल,ल्याण्डमार्क फरेष्ट पार्क चितवन,लोटस बुद्ध इन्न,भ्यू भक्तपुर,होटल आर्यतारा,होटल कैलाश लिमिटेड,होटल ओशो होम,होटल उडल्यण्ड,होटल एक्सेस, होटल पिल्ग्रिम्स होम,होटल अमादब्लाम,होटल ब्यूटिफुल काठमाण्डौ,च्वाईस होटल स्वयम्भू,होटल नेपालय ठमेल, होटल आर्टस् काठमाडौं ठमेल,शिव तिरुपति होटल,होटल भ्यू भृकुटी गोदावरी,होटल क्यास्केड रहेका छन् ।

सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । होटल बसाइको खर्च सरकारले ब्यहोर्ने छैन, स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ ।

चीन र भारतका नेपालीहरु आउने क्रम जारी रहे पनि तेस्रो मुलुकमा अलपत्र परेका नेपाली शुक्रबारबाट मात्रै नेपाल आउन पाएका छन् । शुक्रबार बर्मा र यूनाइटेड अरब इमिरेट्सबाट १ सय ८३ जना नेपाली पर्किएका छन् ।

गैर आवासीय नेपाली संघले मध्यपूर्वबाट नेपाल फर्किन चाहने झण्डै ४० हजारको नामावली संकलन भएको जनाएको छ । संघले विभिन्न मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुमार्फत नेपाल फर्कन चहानेहरुको तथ्यांक संकलन गर्दै आएको छ ।

संघको तथ्यांक अनुसार युएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ३ सय र ओमनमा ७ सयजनाको प्रारम्भिक सूची तयारी अवस्थामा रहेको छ ।

नेपालीहरुलाई स्वदेश फर्काउने कार्यमा गैरआवासीय नेपाली संघले सक्दो सहजीकरण गर्न संघका सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई तयारी अवस्थामा राखिएको गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभएको छ ।

Share Now

Leave a comment.