Prakash Adhikari June 11, 2020

काठमाडौं, २९ जेठ । विश्वव्यापी कोरोना महामारीको संकट निवारणका लागि खरिद गरिएको औषधी तथा उपकरणमा समेत भ्रष्टाचार गरेको भन्दै त्यसको छानवीनको माग गर्दै नागरिकहरुले प्रधानमन्त्री ओलीको सरकारविरुद्ध बालुवाटारमा वृहद् विरोध प्रदर्शन भएको छ ।

कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर नागरिकहरुले स्वःस्फूर्त रुपमा सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

सरकारले प्रदर्शनकारीलाई पानीको फोहरा प्रहार गरेर तितरवितर गरेको छ ।

सरकारले कोरोना भाइरसको संक्रामक महामारीबाट बच्न चैत्र ११ मा लकडाउन आरम्भ गरी २५ जनाभन्दाबढीलाई भेला हुन रोक लगाएको बेलामा सयौंको संख्यामा भेला भएर सरकारविरुद्ध ब्यानर र प्लेकार्डसहित निषेधित क्षेत्र तोडेर गरिएका यो सबैभन्दा ठूलो प्रदर्शन भएको बताइएको छ ।

सरकारको भ्रष्ट रवैया विरुद्ध जनहितको पक्षमा दुई दिन अघि पनि नागरिकहरुले स्वःस्फूर्त रुपमा प्रधानमन्त्री निवास बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

सरकारले सो प्रदर्शनमा पनि प्रहरी बल प्रयोग गरेको थियो ।

बिहिबारको प्रदर्शनमा समेत प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

Share Now

Leave a comment.