Prakash Adhikari June 14, 2020

 

काठमाडौं, ३२ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।

विगत २४ घण्टामा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ६ हजारको निकट पुगेको हो । आइतबार संक्रमण पुष्टि भएकामा ३ सय ७५ पुरुष रहेका छन् भने ५० जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङ्गमा सो कुराको जानकारी दिइएको हो।

मन्त्रालयले दिएको जानकारी अनुसार विगत २४ घण्टामा मोरंगका २५ पुरुष,सुनसरीका एक पुरुष,झापाका एक पुरुष,सप्तरीका एक महिला,नौ पुरुष,पर्साका तीन महिला,१४ पुरुष,बाराका ९पुरुष,सर्लाहीका एक पुरुष ,रौतहटका सात पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपरासीका दुई पुरुष,बझांगका दुई महिला र तीन पुरुष,डँडेलधुराका दुई महिला र २२ पुरुष,कन्चनपुरका तीन महिला र १७ जना पुरुष ,डोटीका एक महिला र दुई पुरुष, कैलालीका एक महिला र ११ पुरुषमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

घातक कोरोना भाइरसको संक्रमणमा बर्दियाका एक महिला र दुई पुरुष,बाँकेका तीन पुरुष,रुकुमका एक पुरुष,प्युठानका दुई पुरुष,दाड.का १३ महिला र ४१ पुरुष,रौतहटका एक महिला तथा १६ पुरुष, धनुषाका एक पुरुष तथा रामेछापका दुई पुरुषमा पनि परेको पुष्टि भएका छ ।

त्यसैगरी आइतबार गुल्मीका एक महिला र सात पुरुष,रुपन्देहीका दुई महिला र १८ पुरुष,नवलपरासीका दुई पुरुष,पाल्पाका एक महिला र १६ पुरुष,सुर्खेतका ६ महिला र ३४ पुरुष,दैलेखका ४ महिला र २५ पुरुष,रौतहटका एक पुरुष ,सिन्धुलीका एक पुरुष,धादिंगका ६ महिला र १९ पुरुष,रौतहटका दुई महिला र ४९ पुरुष ,रुपन्देहीका ६ पुरुष ,सर्लाहीका पाँच पुरुष संक्रमित भएको पुष्टि भएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ७ सय ६० पुगेको छ । यी मध्ये ४ सय ३६ महिला र ५ हजार ३ सय २४ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६१ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज भएका छन्।

यसरी निको हुनेको कुल संख्या ९ सय ७४ पुगेको छ। जसमध्ये ९७ महिला हुन् भने बाँकी पुरुष हुन्।

Share Now

Leave a comment.