काठमाडौं, ८ आषाढ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजारको निकट पुग्न लागेको छ भने यस घातक रोग देशका ७७ जिल्लामध्य ७६ जिल्लामा फैलिसकेको छ । कोरोनाबाट आजसम्म सुरक्षित एकमात्र जिल्ला रसुवा रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालभर ५ सय ३५ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा ७ जना, गजेन्द्र नारायणसिंह प्रयोगशालामा ११ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा १३ जना जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणमा २ सय ८३ जना, भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा २१ जना, धुलिखेल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा ४२ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताउनुभएको छ।
![]()
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको परीक्षणमा २० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा १ सय ३ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा १३ जनामा कोराना पोजेटिभ देखिएको छ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा सबैभन्दा धेरै पाल्पामा ९० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, कैलालीका ५८ जना, गुल्मीका ५५, सर्लाहीका ४७, रौतहटका ३४, स्याङ्जाका ३३, प्युठानका ३०, सिराहाका २३, नवलपुरका १६, डडेलधुरा र सप्तरीका १५÷१५ जना, बैतडीका १४, दाङका १३, मोरङ र रुपन्देहीका १२र१२ जना, तनहुँका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसै अर्घाखाँचीका ९ जना, नवलपुरका ८, डोटीका ७, नवलपरासी र चितवनका ५र५ जना, झापाका ३, अछाम र सिन्धुपाल्चोकका २र२ जना, महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगाका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार पिसिआर विधिबाट ६ हजार १ सय ९८ जनाको परीक्षण भएको छ। आजसम्म जम्मा पीसीआर विधिबाट १ लाख ८१ हजार ३ सय ७१ जनाको पीसीआर परीक्षण भएको छ भने आरडिटी विधिबाट २ लाख ६८ हजार १ सय ३ जनाको परीक्षण भएको छ।
अहिले देशभरीका क्वारेन्टाइनमा ९० हजार ७ सय ३० जना रहेका छन्। ७ हजार ७ सय ८९ जनाको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ।
अहिलेसम्म कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या २ हजार १ सय ४२ पुगेको छ भने कोरोनाबाट नेपालमा जीवन गुमाउनेको संख्या २३ पुगेको छ ।


















