Prakash Adhikari June 23, 2020

 

काठमाडौं, ९ आषाढ । नेपाल वायुसेवा निगमका एक पाकिस्तानी पाइलटमा कोरोना भाइरस पुष्टि भएको छ ।

निगमका सञ्चालक समितिका सदस्य अच्युत राज पहाडीले एअरबस ३३० उडान गर्ने उहाँमा कोरोना पुष्टि भएको बताउनुभयो ।

उहाँले यस पहिले कुवेतको उद्धार उडान गर्नुभएको बुझिएको छ ।

लक डाउनका कारण निगमका नियमित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान निलम्बनमा रहेका छन् । तर विदेशमा अलपत्र परेका नेपालीलाई ओसार्न तथा नेपालमा अलपत्र परेका विदेशीलाई उनीहरुको गन्तब्य मुलुक पुर्याउन र नेपालका सरकारी तथा गैरसरकारी निकायका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका वाइडबडीका दुई तथा न्यारो बडीका दुई थान जहाज उपयोग हुँदै आएका छन् ।

निगमका जहाजहरुले चीन,जापान,हंगकंग,अष्ट्रेलिया,बगलादेश,मलेशिया, कतार,कुवेत, युएई, साउदी अरेबिया,ओमान र भारत लगायतका देशमा चार्टड उडान गर्दै आएका छन् ।

निगमका कोरोना संक्रमित पाइलट यस पहिले कुवेत उडानबाट नेपाल फिर्ता भएको बताइन्छ ।

निगमको नियमित उडानमा लामो दूरीको उडानमा नाइट स्टेको व्यवस्था भएपनि चार्टड उडानमा भने त्यस्तो व्यवस्था छैन । जहाज पुग्ने बित्तिकै यात्रु बोर्ड गर्र्न र सामान लोड गरी यथासक्य चाडो फर्किने व्यवस्था छ ।

अन्तर्राष्ट्रिय उडानमा जाने तथा गएर आएका उडान कर्मचारीहरुको लागि निगमले होटल सोल्टीमा बस्ने बन्दोबस्त मिलाएको छ ।

निगमको सञ्चालक समितिका सदस्य पहाडीले निगमका उडानहरुलाई अधिक सुरक्षित बनाउन यात्रु उद्धार उडानमा बिजनेस क्लास खाली राखी क्याबिन क्रु राख्ने बन्दोबस्त गर्ने र यात्रुहरुलाई उनीहरु जहाजमा चढनु पहिले नै सीट सीटमा लञ्च प्याकेट राख्ने व्यवस्था गरेमा उडानमा रहेका कर्मचारी सुरक्षित गर्न सकिने बताउनुभएको छ ।

लामो समयदेखि विदेशी भूमिमा अलपत्र परेका कतिपय नेपालीले तयार पारेका व्यक्तिगत स्वास्थ्य परीक्षणको प्रमाण पुरानो भएको र त्यस्तो पुरानो परीक्षण पछि उनीहरु विभिन्न व्यक्तिको सम्पर्कमा पुगेकोले उद्धारमा ल्याइएको यात्रुहरुमा कोरोना संक्रमणको जोखिम भएको पनि बताइन्छ ।

उहाँका अनुसार उडानबाट आएका कर्मचारीहरुलाई सोल्टीमै राख्नुपर्नै अवस्था पनि हुँदैन । पाइलट, इञ्जिनियर र एअरहोस्टेस तथा फ्लाइट एटेण्डेण्ट जस्ता जानेबुझेका सहकर्मीहरु होम क्वारेन्टाइनमा सुरक्षित बस्न पनि सक्छन् । यसो गर्दा निगमलाई कराडांै रुपैयाको बचत पनि हुनेछ ।

चीनमा कोरोना फैलिएपछिको ६ महिनामा निगमका वरिष्ठ पाइलटमा कोरोनाको संक्रमण पुष्टि भएपछि निगमका अन्तर्राष्ट्रिय उडानका सबै कर्मचारीहरु त्रसित भएका छन् ।

Share Now

Leave a comment.