Prakash Adhikari June 25, 2020

पोखरा(कास्की) । कोरोना भाइरसको संक्रमणका कारण स्याड.जाका एक पुरुषको पोखरामा उपचार गर्दागर्दै मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरूषको बुधवार राती मृत्यु भएको हो।

यससँगै नेपालमा कोरोनाबाट ज्याउ गुमाउनेको संख्या २५ पुगेको छ।

पश्चिमाञ्चाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यका अनुसार गत असार ८ गते अस्पतालमा भर्ना भएका उनलाई सघन कक्षमा राखेर उपचार भइरहेको थियो।उनी मधुमेह र निमोनियाबाट पनि पीडित थिए ।

कोभिड१९ पोजेटिभ भई उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका यी पुरुष दोस्रो व्यक्ति हुन्।

यस अगाडि पनि स्याङ्जाकै कोरोना पोजेटिभ एक पुरुषका मृत्यु भएको थियो।

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणमा परेर ज्यान गुमाउनेको संख्या दुई पुगेको छ

Share Now

Leave a comment.