काठमाडौं, १७ आषाढ । नेपाली कांग्रेसका प्रतिनिधिसभाकी सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।
उहाँको बुधबार बिहान निधन भएको हो ।
उहाँलाई बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारार्थ लगिएको थियो ।
अस्पतालमै उहाँको निधन भएको हो ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक प्रणालीबाट निर्वाचित सांसद छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बाग्लुड. क्षेत्र नं
बाग्लुड जिल्ला क्षेत्र नं २ निर्वाचित हुनुभएको थियो ।
अग्रणी जनजाती महिला नेतृको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति भएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री द्धय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
संघीय तथा प्रदेश सभाका सांसदहरु, तात्कालिन संविधानसभाका सदस्यहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र महिला नेतृहरुले पनि उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त स्वजनहरुप्रति समवेदना दिनुभएको छ ।
उहाँको निधनमा बाग्लुड.सहित विभिन्न जिल्लाका प्रजातन्त्रवादीहरुले पनि सामाजिक सञ्जालमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।


















