Prakash Adhikari July 2, 2020

 

काठमाडौं, १८ आषाढ । नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण ३१जनाले जीवन गुमाएका छन् ।

जेठ ९ गते त्रिविवि शिक्षण अस्पताल भर्ना गरिएका एक ४९ दिनको शिशुको मृत्युसंगै मृतकको संख्या ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

त्यस्तै नेपालमा विगत २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ।

यो वृद्धिसँगै बिहीवार अपरान्हसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १४ हजार ५ सय १९ पुगेको छ।

बुधबार थप ४ सय ८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो भने अछाम जिल्लामा असार १४ गते मृत्यु भएका एक पुरुषमा मरणोपरान्त कोभिड१९ पुष्टि भएको परीक्षणको प्रतिवेदन सार्वजनिक भएको थियो ।

कोरोनाभाइरस

नेपालमा कोरोनाभाइरस सङ्क्रमण भएकामध्ये ५ हजार ३ सय २० जना निको भएका छन्। तीमध्ये गत २४ घण्टामा ६ सय ६४ जना निको भएका थिए।

अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९ हजार ३ सय ६० भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

दैनिक निको हुनेहरूको सङ्ख्या यो अहिलेसम्मकै उच्च हो। बुधवार ४ सय ६२ जना निको भएका थिए।

अहिलेसम्म प्रदेश नं ५ र प्रदेश नं २ मा कोभिड(१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

मृतक को हुन् ?

कोरोनाभाइरसका कारण ४९ दिनको शिशुको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौं असार १७ गते बुधवार साँझ मृत्यु भएको हो।

म्याग्दी जिल्ला धौलागिरी नगरपालिकाका शिशुलाई जेठ २ गते शिक्षण अस्पताल भर्ना गरिएको र मृगौला एवम् नाकको समस्याका कारण आईसीयूमा राखी उपचार भइरहेको डा. गौतमले बताउनुभयो।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण


असार १८ गते बिहीवार अपराह्ण ४ : ३० बजेसम्मको तथ्याङ्क

  • १४,५१९ कुल सङ्क्रमण
  • ७७ प्रभावित जिल्ला
  • विगत २४ घण्टामा पीसीआर परीक्षण ४,५३७
  • सक्रिय सङ्क्रमित १०,१३७
  • देशभरि क्वारन्टीनमा ३८,१०९
  • अहिलेसम्म निको ५,३२०

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

अहिले सबै ७७ वटा जिल्लामा कोभिड १९ पुगिसकेको छ।

विभिन्न जिल्लामा ३८ हजार १ सय ९ जना व्यक्ति क्वारेन्टाइनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार ५ सय ३७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

ससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २ लाख ३७ हजार ७ सय ६४ पुगेको छ।

क्वारेन्टाइनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

Share Now

Leave a comment.