काठमाडौं, १८ आषाढ । लकडाउन पछि सोमबारबाट नियमित खुलेको नेपालको धितोपत्रको दोस्रो कारोबारको बजार बिहिबार नेप्से परिसूचक ६ प्रतिशत घटेपछि निर्धारित कारोबार समय पहिले नै बन्द हुन गएको छ ।
मंगलबार र बुधबार सकारात्मक सर्किट लागेर निर्धारित समयभन्दा अगाडि बन्द भएको नेप्से बिहिबार भने नकारात्मक सर्किट लागेर बन्द भएको हो।
दुईदिन लगातार सकारात्मक सर्किट लागेर बन्द भएको बजारले बिहिबार सुधारको गति लिन थालेको थियो । खुलेको २३ मिनेटमा बजार ४ प्रतिशतले ओरालो लागेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार स्थगित भएको थियो ।
११ : ४३ मा खुलेको बजारमा पाँच मिनेट कारोबार नहुँदै ११ः४७ मा नेप्से परिसूचक थप एक प्रतिशतले घट्न गयो र दोस्रो सर्किट ब्रेकर लगाएर ४० मिनेटको लागि कारोबार स्थगित भएको थियो।
त्यसपछि १२ः२७ मा खुलेको बजार १३ मिनेट कारोबार गरेपछि नेप्से परिसूचकमा थप एक प्रतिशतले गिराबट आएपछि १२ः४० मा तेस्रो सर्किट लागेर बजार बन्द हुन गएको हो।
नेप्से परिसूचक बिहीबार ८०.४१ अंकले घटेर १२५६.११ मा आइपुगेको छ । बिहीबार १ सय ४२ कम्पनीको १० लाख ६१ हजार ८ सय ९० कित्ता शेयरको किनबेचबाट ४७ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन नेप्सेपरिसूचक ६.०२ प्रतिशतले घटेको थियो ।
| Symbol | LTP | Point Change | % Change |
| As of 2020-07-02 15:00:00 | |||
| SMFBS | 937.00 | 70 | 8.07 |
| GUFL | 109.00 | 4 | 3.81 |
| GFCL | 153.00 | 5 | 3.38 |
| NRIC | 390.00 | 12 | 3.17 |
| MDB | 342.00 | 10 | 3.01 |
| SPARS | 730.00 | 15 | 2.10 |
| SMB | 826.00 | 16 | 1.98 |
| NLG | 569.00 | 11 | 1.97 |
| MLBBL | 628.00 | 12 | 1.95 |
| KPCL | 106.00 | 2 | 1.92 |
बिहिबार स्वाभिमान माइक्रोफाइनान्स, गोर्खा फाइनान्स, गुडविल फाइनान्स,मितेरी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, स्पर्स लघुवित्त,सपोर्ट लघुवित्त, एनएलजी इन्स्योरेन्स,मिथिला लघुवित्त र कालिका पावरको सेयर मूल्य केही बढेको थियो ।
अघिल्ला दुई दिन सेयरको मूल्य अधिक बढेर सम्पत्तिको मूल्य बढे पनि बिहिबार सोल्टी होटल,प्रभु बैंक,हिमालयन डिष्टिलरी,लाईफ इन्स्योरेन्स कम्पनी नेपाल,ग्लोबल आईएमई बैंक, एशियन लाइफ,नेपाल बैंक,नेपाल लाईफ इन्स्योरेन्स कम्पनी ,एनआईसी एशिया बैंक र एसबीआई बैंकको सेयर मूल्य ८ देखि १० प्रतिशतले ह्रास आएको थियो ।


















