Prakash Adhikari July 5, 2020

काठमाडौं, २१ आषाढ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।

बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका निर्धारण, संसदको बजेट अधिवेशनको समीक्षा, कोरोना नियन्त्रण÷ रोकथाममा सरकारको कामको समीक्षा, अमेरिकासंग भएको एमसीसी संझौताको भविष्य र अन्य समसामयिक बिषयमा छलफल हुने बताइएको छ।

आषाढ १६ देखि सुरु भएको बैठकमा पार्टीको महाधिवेशन पूर्वनिर्धारित तिथिमिति अर्थात आगामी फागुन ७ गते नै गर्ने भनिए पनि कोरोना संकटका कारण प्रभावित भएको क्रियाशील सदस्यता वितरण, छानवीन र विभिन्न तहका निर्वाचनको कार्यतालिका पुननिर्धारण हुन बाँकी छ।

नेपाली कांग्रेसले सरकारले शक्ति विकेन्द्रित गर्नुको सट्टा शक्ति केन्द्रिकृत हुने गरी संसदमा ल्याएका विधेयकहरु राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद्, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भ्रष्टाचार निवारण, विशेष सेवा ऐन, सूचना प्रविधि विधेयक र संविधानको मर्म विपरित आएको नागरिकता संशोधन विधेयकका सम्बन्धमा फरक मत राख्दै आएको छ । हाल संसदको बजेट अधिवेशन समाप्त गरिए पनि यी विधेयकहरुप्रति स्पष्ट धारणा बनाएर सरकारको अधिनायकवादी शैलीलाई आम जनताबीच नड.्याउन आवश्यक भएकोले यी विषयमा पार्टीको स्पष्ट धारणा आउने बताइएको छ ।

यसअघि बुधबारका लागि तय भएको बैठक पार्टीकी नेतृ एवम् प्रतिनिधि सभा सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि उहाँलाई श्रद्धाञ्जली अर्पण गरी स्थगित भएको थियो।

बैठक पार्टी केन्द्रिय कार्यलय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेसले जनाएको छ।

Share Now

Leave a comment.