Prakash Adhikari July 5, 2020

काठमाडौं, २१ आषाढ । लकडाउन पछि पहिलोपल्ट नेपालको सेयर बजार दिनभर कारोबार भएको छ । यस अगाडि कहिले सकारात्मक सर्किट त कहिले नकारात्मक सर्किट लागेर कारोबार रोकिन पुगेको थियो ।

आइतबार सेयर बजार परिसूचक ९.३५ अंकले बढेर १२६५.४५ बिन्दुमा रोकिएको छ।

यस दिन १ सय ७२ कम्पनीको २८ लाख कित्ता ६ हजार ८ सय ९८ कित्ता सेयरको किनबेचबाट १ अर्ब ३ करोड ३३ लाख ९० हजार २ सय ३१ रुपैयाँको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा आइतबार सूर्योदय लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, सिनर्जी पावर डेभलपमेन्ट, नेशनल हाइड्रो पावर कम्पनी,स्पर्श लघुवित्त , घोडीघोडा लघुवित्त, एनेपाल लाईफ इन्स्योरेन्स कम्पनी,प्रभु इन्स्योरेन्स,तारा गाउँ रिजेन्सी होटल र शिवम् सिमेन्टको सेयर मूल्य ४ प्रतिशतदेखि लगभग १० प्रतिशतले बढेको थियो ।

Top Gainers

Symbol LTP % Change
As of 2020-07-05 15:00:00
SLBS 603.00 9.86208
JSLBB 1,550.00 9.00141
SPDL 106.00 8.16327
SPARS 791.00 7.61905
NHPC 52.00 6.12245
GGBSL 705.00 5.85586
NLICL 628.00 5.36913
PRIN 392.00 5.09383
TRH 186.00 5.08475
SHIVM 557.00 4.69925

साल्ट ट्रेडिङ कर्पोरेशन र सेन्ट्रल फाइनान्सको कारोबारमा नकारात्मक सर्किट नै लागेको छ ।

यस्तै अपि पावर,जोशी हाइड्रो, बोटलर्स नेपाल तराई,स्वाबलम्बन लघुवित्त,मितेरी विकास बैंक,नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था,सनराईज बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा घटेको थियो ।

Top Losers

Symbol LTP % Change
As of 2020-07-05 15:00:00
CFCL 117.00 -10
STC 2,565.00 -10
API 107.00 -8.54701
NMFBS 1,376.00 -7.58899
JOSHI 51.00 -7.27273
BNT 6,211.00 -5.86541
SWBBL 1,087.00 -5.64236
MDB 312.00 -5.45455
SRBL 213.00 -4.4843
GLBSL 592.00 -4.36187
Share Now

Leave a comment.