Prakash Adhikari July 5, 2020

काठमाडौं, २१ आषाढ । विगत २४ घण्टामा थप २ सय ९३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसंग यस घातक भाइरसको संक्रमणमा पर्ने नेपालीहरुको कूल संख्या १६ हजार निकट पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो वृद्धिसँगै आइतवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १५ हजार ७ सय ८४ पुगेको छ भने ३४ जनाको मृत्यु भएको छ ।

तीमध्ये ६ हजार ५ सय ४७ जना निको भएका छन् ।
अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९ हजार २ सय ३ पुगेको छ ।

नेपाल कोरोनाभाइरस

त्यस्तै क्वारेन्टाइनमा अहिले ३१ हजार ५ सय ७३ जना रहेका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमणमा परेका सर्वाधिक व्यक्ति प्रदेश नं २ र ५ मा रहेका छन् । जहाँ क्रमश ४ हजार १ सय ६० जना र ३ हजार ९ सय ६८ जना कोभिड १९ भएका व्यक्ति भेटिएका छन्।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ७ सय १० जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो।

Share Now

Leave a comment.