काठमाडौं, २४ आषाढ । विगत केही दिनदेखि लगातार बढिरहेको नेपालको धितोपत्र बजारको परिसूचक बुधबार केही ओरालो लागेको छ ।
यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १० दशमलव ४२ अंकले ओरालो लागेर १३२६.२५ बिन्दुमा आएर अडिएको छ ।
बुधबार १ सय ७९ वटा कम्पनीको २९ लाख ७७ हजार कित्ता सेयरको किनबेचमार्फत १ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ।
मंगलबार १ अर्ब २१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम केहि घटेको हो।
बुधबार सुर्योदय लघुवित्त,आशा लघुवित्त, हिमालयन जनरल इन्स्योरेन्स,तिनाउ मिसन डेभलपमेन्ट बैंक, र कर्पोरेट डेभलपमेन्ट बैंक, पुनर्बीमा कम्पनी, सामुदायिक लघु वित्त,सानिमा इक्विटी फण्ड,बरुण हाइडे र रिडी हाइडे पावरको सेयर मूल्य अघिल्लो कारोबारको दिनभन्दा बढ्यो ।
तारागाँउ रिजेन्सी होटल, कालिका पावर, नेश्नल हाइड्रो हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, पोखरा फाइनान्स , कर्णाली डेभलपमेन्ट बैंक,विजय लघुवित्त,सोल्टी होटल, गुराँस लाईफ र अरुण कावेली जलविद्युत कम्पनीकोको सेयर मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ।

बुधबारको कारोबारमा सर्वाधिक रकमको किनबेचन हुनेमा नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंकको संस्थापक शेयर, एनएमबि बैंक, छिमेक लघुवित्त , हिमालयन डिस्टिलरी साना किसान विकास बैंक, शिवम् सिमेन्ट,नबिल र नेको इन्स्योरेन्स लगायत रहेका छन् ।
बुधबार कारोबारमा आएका १२ वटा उपसमूह मध्ये व्यापार र म्युचुअल फण्ड उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी १० वटा उपसमूूहको सूचक नकारात्मक देखिएका छन्।



















