इटहरी(सुनसरी), १० माघ । नेपाली आर्मी क्लबलाई ५ ३ले हराउँदै रुस्लान थ्रीस्टार क्लब इटहरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डरी स्मृति इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
इटहरी रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा थी्रस्टारले आर्मीलाई पेनाल्टी शुटआउटमा ५–३ ले हराउँदै उपाधि नजिक पुगेको हो ।
निर्धारित समयको खेलमा दुवै टोलीले १–१ गोल गरेका थिए । खेलको २५ औं मिनटमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको आर्मीले त्यसलाई पहिलो हाफसम्म मात्र जोगाउन सक्यो । उता दोस्रो हाफको ५७ औं मिनटमा मार्टिन्सले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका थ्रीस्टारका पिटर सेगुन म्यान अफ म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल मनाङ मस्र्याङदी क्लब र गरिफा स्पोर्टिङ क्लब, कोलकाताबीच हुने आयोजकले जनाएको छ ।
राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल ८ टोलीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको फाइनल खेल माघ १३ गते हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख पुरस्कार पाउनेछ ।