Prakash Adhikari July 9, 2020

 

काठमाडौं, २५ आषाढ । सरकारले छोटो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ।

बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले छोटो दूरीमा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिन सरकारले निर्णय गरेको बताउनुभएको हो ।

यो सँगै अब काठमाडौं उपत्यकाका तीनै जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने भएको छ। अन्य जिल्लामा भने जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइनेछ। सवारी साधनमा चालकसहित सिट क्षमताको ५० प्रतिशत यात्रुमात्रै बस्न दिइने छ ।

यात्रु सबैले मास्क लगाउनु पर्ने र गाडीमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने सरकारले जनाएको छ।
एक पंक्तिमा एकजना बस्ने गरी सवारी साधनको क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्न पाउने जनाइएको छ।

यसरी सञ्चालन गरेको सवारीमा यात्रुसँग ५० प्रतिशत थप भाडा लिन पाइने सरकारको निर्णय रहेको छ ।

यस्तै, ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय भएको छ। ट्याक्सीमा भने थप भाडा लिन पाइने छैन ।

Share Now

Leave a comment.