Prakash Adhikari July 9, 2020

काठमाडौं, २५ आषाढ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप १०८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यो जेठ १२ पछि दैनिक पुष्टि भएको सबैभन्दा कम सङ्ख्या हो।

यो वृद्धिसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,५३१ पुगेको छ।

तीमध्ये ७,८९१ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३९ जना भाइरसमुक्त गएर घर फर्किएका छन्।

अहिले देशभरि आइसोलेशनमा ८,६०५ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन्।

कोरोनाभाइरस
बुधवार २५५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रायले जनाएको थियो।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

बिहीवार पुष्टि भएका सङ्क्रमितहरू काणमाण्डूसहित विभिन्न जिल्लाका हुन्।

अरू तथ्याङ्क के छ?
विगत २४ घण्टामा पीसीआर विधिबाट ४,५८८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

coronavirus testBBC
नेपालमा कोरोनाभाइरस सङ्क्रमण


असार २५ गते बिहीवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क

  • १६,५३१ कुल सङ्क्रमण
  • १३९  विगत २४ घण्टामा घर फिर्ता
  • विगत २४ घण्टामा पीसीआर परीक्षण ४,५८८
  • सक्रिय सङ्क्रमित ८,६०५
  • देशभरि क्वारन्टीनमा २४,४२५
  • अहिलेसम्म निको  ७,८९१

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

यससँगै अहिलेसम्म पीसीआर विधिबाट भएका परीक्षणको सङ्ख्या २,७१,१४५ पुगेको छ। सरकारले आरडीटी भने प्रयोग गर्न छोडेको छ।

बिहीवार पुष्टि भएका सङ्क्रमितमध्ये सुर्खेतका १८, बझाङका १६, कैलालीका आठ र काठमाण्डूका ५ जना छन्।

अहिले देशभरि क्वारन्टीनमा २४,००० भन्दा बढी व्यक्ति छन्।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, ५ र कर्णाली प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।

सुदूरपश्चिम प्रदेशमा उल्लेख्य सङ्ख्यामा सङ्क्रमण बढिरहेको छ। अहिले त्यहाँ सर्वाधिक २९६२ जनामा सक्रिय सङ्क्रमण छ।

Share Now

Leave a comment.