Prakash Adhikari July 13, 2020

दमौली(तनहुँ),२९ आषाढ । तनहुँको रिसिङ गाउँपालिका–८ मा पहिरोले एक घर पुरिएको छ । तनहुँ प्रहरीले दिएको जानकारी अनुसार पुरिएको घरबाट एक जनाको जीवितै उद्धार भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।

गएराति करिब २ बजेतिर गएको पहिरोमा परी एकै घरपरिवारका पाँच जना पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ।

स्थानीय आनबहादुर सुनारीको घर पहिरोले पुरिँदा सुनारीका दुई छोरा र दुई बुहारी र एक नातिनी बेपत्ता भएको तनहुँ प्रहरीले जनाएको छ।

https://www.facebook.com/RishingGaupalikaWaripari/videos/719085572170687/

जीवितै उद्धार गरिएकी सुनारीकी श्रीमती घाइते भएकोमा उनलाई उपचारका लागि पोखरा पठाइएको छ। घटनास्थलमा नेपाल प्रहरी पुगेर बेपत्ताहरूको खोजी कार्य थालेको तनहुँ प्रहरीले जनाएको छ।

Share Now

Leave a comment.