Prakash Adhikari July 14, 2020

 

काठमाडौं, ३० आषाढ । प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको देशभित्र र बाहिर चर्को आलोचना भएको छ।

सामाजिक सञ्जालमा केही थोरैले उनको टिप्पणीको समर्थन गरेको पनि देखिन्छ भने केहीले प्रधानमन्त्रीको भनाइप्रति व्यङ्ग्य पनि गरेका छन्।

टिप्पणी गर्नेहरूमा सामाजिक सञ्जालका नियमित प्रयोगकर्ताहरूका साथै विभिन्न पेशाकर्मी लेखक, पत्रकार र राजनीतिक कार्यकर्ताहरू पनि छन् ।

उहाँको अभिव्यक्तिलाई लिएर उहाँकै पार्टीका नेता र उहाँका पूर्व सल्लाहकारहरुले समेत उपहास गरेका छन् ।

उहाँका पूर्व प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीको पदीय गरिमा अनुकूलको अभिव्यक्ति नभएकोमा असन्तोष प्रकट गर्ने प्रश्न गर्नुभएको छ ः योे के बोलेको? कि भारतको टेलिभिजन च्यानलहरुसँग प्रतिस्पर्धा गरेको ?

उहाँकै पार्टीका विदेश विभागका उपप्रमुख तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका तात्कालिन प्रेस सल्लाहकार विष्णु रिजालले पनि उहाँको अभिव्यक्ति प्रति असन्तुष्टि प्रकट गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ , ‘पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ ।अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ ।’

राजनीतिक दलका तर्फबाट पनि उहाँँको कथनप्रति विमति दर्शाएको छ । नेपाललाई सनातन हिन्दु धर्माबलम्बी मुलुक बनाउनु पर्ने मत राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो प्रकरणले नेपाल भारतबीच थप विवाद सिर्जना गर्नेतर्फ प्रधानमन्त्रीको ध्यान गएको जस्तो नदेखिएको भन्दै ट्विट गर्नुभएको छ । उहाँले भन्नुभएको छ, प्रमको स्तरबाट यस्ता उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन।भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ।नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ताल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन ।

राजनीतिक क्षेत्रबाट मात्र हैन, कुटनीतिक क्षेत्रबाट पनि प्रधानमन्त्रीले दिनुभएको अयोध्या विवाद र रामको जन्मसम्बन्धी तर्कलाई लिएर प्रश्न उठाइएको छ । कुटनीतिक मामिलामा दखल राख्ने पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले अङ्ग्रेजीमा ट्विट गर्दै लेख्नुभएको छ, ूधर्म राजनीति र कूटनीतिभन्दा माथि छ। यो निकै भावनात्मक विषय हो। बेतुकका अभिव्यक्तिले लज्जित मात्र बनाउँछ। अयोध्या वीरगञ्ज नजिकै भए सरायु नदी कहाँ छरुू

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओलीको भनाईबारे व्यङ्ग्य गर्दै ुनयाँ रामायण श्रवण गरौँु भन्दै ट्विट गर्नुुभएको छ।

पत्रकार अमित ढकालले त बडो ब्यंग्य गर्दै भन्नुभएको छ, श्रीलंका टापू कोशीमा छँदैछ। छेवैमा हनुमान नगर पनि छ, वानर सेनाले पुल हाल्दा बसालेको१

प्रधानमन्त्रीको दावी

सोमवार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले ‘नेपाल सांस्कृतिक रूपमा थिचिएको र तथ्यहरूमा अतिक्रमण भएको’  भन्ने टिप्पणी गर्नुभएको थियो।

सामाजिक सञ्जालमा निकै फैलिएको ओलीको सम्बोधनको अंशमा उहाँले रामायणमा उल्लेख भएको देश अयोध्याबारे विभिन्न दाबीहरू गर्नुभएको थियो।

राम भारतीय हुँदै होइनन्, अयोध्या ठोरीमै छ : प्रधानमन्त्री

‘हामी अहिले पनि ठानिरहेका छौँ हामीले भारतका राजकुमार रामलाई सीता दियौँ। भारतका हैन अयोध्याका रामलाई सीता दिएका हौँ। अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन’, उहाँले भन्नुभएको थियो।

ओलीले अयोध्या भारतमा रहेको भए त्यहाँका राजाका छोरा विवाहका लागि कसरी जनकपुर आइपुगे भन्ने प्रश्न समेत उठाउनुभएको थियो।

‘यहाँको जनकपुर वहाँको अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ। कल्ले के गर्‍या छ। त्यस बेलाका जमानामा न टेलिफोन, न मोबाइल१ कताबाट थाहा होस्१ थाहा हुन पनि सम्भव थिएन’, उहाँले भन्नुभएको थियो।

भारतमा निन्दा

 

भारतीय समाचार संस्था पीटिआईको समाचारमा उक्त अभिव्यक्तिलाई ‘राजनीतिक विवाद उक्साउने’ भन्दै ‘भारतलाई चोट पुर्‍याउने आश्चर्यजनक कदम’ भनिएको छ।

देशभित्रै कतिपयले सीमा विवादका कारण छिमेकी भारतसँगको सम्बन्ध चिसिएको बेला उनको यो पछिल्लो टिप्पणीले दुई देशको सम्बन्ध सुधार्नमा सघाउ नपुग्ने चिन्ता समेत व्यक्त गरेका छन्।

सोही समाचारमा जनाइए अनुसार सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले प्रधानमन्त्री ओलीको भनाइको निन्दा गर्नुभएको छ।

उहाँले ‘भगवान राम आस्थाको विषय हुन् र मानिसहरूले त्योसँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही ‘भनेर आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ ।

अर्को भारतीय समाचार संस्था आइएएनएसले लेखेको समाचारमा ओलीको भनाइलाई ‘स्तब्ध पार्ने बयान’ भनेर उल्लेख गरिएको छ।

नेपाल भारत सम्बन्धमा उतारचढाव देखिएका बेला आएको प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई देशभित्रै मानिसहरूले विश्वास नगरिरहेको भनेर उसले लेखेको छ।

एनडिटीभी डट कममा प्रकाशित समाचारमा ओलीको अभिव्यक्तिले ‘रामका अनुयायीहरूलाई उत्तेजित पार्ने ‍देखिएको’ लेखिएको छ।

प्रधानमन्त्री ओलीमा अहिले बार्धक्यको असर हो वा शरीरभित्र दुगुना संख्यामा रहेका मृगौलाहरुको असर हो वा उहाँले नियमित गर्ने औषधीसेवनको असरले गर्दा हो, बोलीचाली र व्यबहारमा सुरुमा अतिवादी अभिव्यक्ति दिने, अतिवादी कदम अबलम्बन गर्ने र त्यसलाई पश्चाताप मानेर सच्याउने अवस्थामा पुग्नुभएको छ ।

अयोध्या प्रकरणमा उहाँको कथन साच्चिकै रहस्यमय छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउदा भारतको अयोध्या चल्ने गाडीहरुको रिबन काट्ने, रामायण परिक्रमा पर्यटन मार्गको विकासको संझौता गर्ने राम सीताको पालादेखिको धार्मिक,सांस्कृतिक,ऐतिहासिक,पारिवारिक सम्बन्धको भाषण गर्ने प्रधानमन्त्री ओलीमा अहिले एकाएक कसरी दिब्यज्ञान प्राप्त भयो वा के भयो ?धार्मिक सांस्कृतिक क्षेत्रका विशेषज्ञहरुले भेउ पाउन सकेका छैनन् नत मनोवेत्ताहरुले नै यसको जड सार्वजनिक गर्न सकेका छन् ।

(स्रोतःबीबीसी)

Share Now

Leave a comment.