Prakash Adhikari July 15, 2020

धर्ममा राजनीति नगर्न चेतावनी

बृजकुमार यादव / बीबीसी न्यूज नेपाली

जनकपुरधाम(धनुषा), ३१ आषाढ । जनकपुरधाममा साधुसन्तहरूले जुलुस गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ुनेपालमा अयोध्या छ र राम नेपाली राजकुमार थिएु भन्ने भनाइ फिर्ता लिनुपर्ने माग गरेका छन्।

उनीहरूले ‘अध्यात्ममा राजनीति गर्न नहुने’ बताएका छन्।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइका बारेमा स्पष्टीकरण दिएपनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा जनकपुरमा साधुसन्तहरूले बुधवार प्रदर्शन गरेका हुन्।

विरोध जुलुसपछि जनक चोकमा भएको सभामा रामानन्दीय वैष्णव सङ्घका महासचिव नवलकिशोर शरणले प्रधानमन्त्रीको अभिव्यक्तिले जनस्तरमा रहेको सम्बन्ध बिग्रन सक्ने बताउनुभएको थियो।

प्रधानमन्त्री ओलीले हिन्दू धर्मग्रन्थ रामायणमा वर्णन गरिएको अयोध्या र भगवान रामका बारेमा दिएको अभिव्यक्तिले आफूहरूलाई चोट पुर्‌याएको जनकपुर क्षेत्रका साधुसन्तहरूले बताएका छन्।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा सोमवार काठमाडौंमा आयोजित एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीले रामको वास्तविक जन्मभूमि अयोध्या नेपालको ठोरीमा भएको टिप्पणी गर्नुभएको थियो।

त्यसको चौतर्फी आलोचना भएपछि मङ्गलवार परराष्ट्र मन्त्रालयले उक्त अभिव्यक्ति अयोध्याको महत्त्व र यसको सांस्कृतिक मूल्यलाई अवमूल्यन गर्न उद्यत नभएको प्रतिक्रिया दिएको थियो।

प्रधानमन्त्री ओलीको भनाइको विरोधमा अयोध्या र जनकपुर दुवै ठाउँका साधुसन्तहरूले प्रदर्शन गरेका विवरण आएका छन्।

 

जनकपुरमा जुलुस

 

प्रतिक्रिया के छ ?

त्रेता युगमा भगवान रामको विवाह राजर्षि जनककी सुपुत्री सीतासित भएको प्रसिद्ध धर्मग्रन्थ रामायणसहित विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख रहेको छ।

धार्मिक ग्रन्थहरूमा सीताको जन्म मिथिलामा भएको उल्लेख भएकाले मिथिलाको राजधानी मानिने जनकपुरधामलाई सीताको जन्मभूमिका रूपमा धार्मिक रूपमा मान्यता दिने गरिएको छ।

रामायणमा भगवान रामको जन्मस्थलको अयोध्या भनिएको र उनले जलसमाधी लिएको स्थल सरयुग नदी भनेर चर्चा गरिएको उल्लेख गर्दै रामको जन्मभूमिलाई लिएर विवाद आवश्यक नरहेको महन्थहरू बताउँछन्।

अयोध्यामा भगवान रामको जन्म र राज्यसित जोडिएको कैयौँ अवशेषहरू विद्यमान रहेको जानकी मन्दिरका महन्थ महामण्डलेश्वर रामतपेश्वर दास वैष्णवले बताउनुभएको छ।

उहाँले अध्यात्म र संस्कृतिमा राजनीति छिराउनु जनस्तरमा सम्बन्ध बिगार्नु भएको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिले सनातन धर्मावलम्बीहरूलाई आहत बनाएको प्रतिक्रिया दिनुभएको छ।

‘रामको जन्म भूमि पर्सा जिल्ला अथवा चितवन जिल्लाको कुनै गाउँ वस्ती, अवधपुरी अथवा जङ्गलमा भएको भन्नु ठूलो भ्रम फैलाउनु हो’, उहाँले भन्नुभयो, ‘अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्त दूर्भाग्यपूर्ण छ।’

‍ओली

‘राजनीतिले अध्यात्म डोर्याउँदा समस्या’

सन्तहरुले हरेक वर्ष रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट ठूलो सङ्ख्यामा सन्त महन्थ, श्रद्धालुहरूको जन्ती जनकपुरधाममा आउने गरेको तथ्यलाई प्रधानमन्त्रीले बिर्सिएको बताएका छन्।

ूरामजानकी बिबाहमहोत्सवमा नेपालको पर्सा अथवा चितवनको अवधपुरीबाट जन्ती आएको अथवा कुनै धर्मग्रन्थमा उल्लेख भएको म अहिलेसम्म पढ्न पाएको छैनु महन्थ दासले भन्नुभयो।

ूअध्यात्मले राजनीतिलाई सहि बाटोमा डोर्याउन सक्छ, तर राजनीतिले नै अध्यात्मलाई डोर्याउने प्रयास गर्दा समस्या आएको हो।ू

राममन्दिर जनकपुरधामका महन्थ राम गिरिले हरेक वर्ष अयोध्याबाट आउने जन्तीको अगुवाई आफूले गरेको स्मरण गर्दै भन्नुभयो , ूरामजानकी विवाह मोहत्सवमा म राजा दशरथको भूमिका निर्वाह गर्छु र त्यो जन्ती अयोध्याबाट आउने गरेको छ।ू

ूप्रधानमन्त्रीको अभिव्यक्तिले सम्पूर्ण सनातन धर्मावलम्बीहरू मर्माहत भएका छन् उहाँले भन्नुभयो,ूूदेशकै सम्माननीय व्यक्तिले जथाभावी अभिव्यक्ति व्यक्त गर्दा त्यसको असर नकारात्मक पर्न जानेछ।ू

‘नेपाल-भारत सम्बन्ध बिगार्छ’

नेपाल र भारतबीच हालै राजनीतिक तहमा देखिएका तिक्तता माझ प्रधानमन्त्रीको सोमवारको भनाइ सार्वजनिक भएको थियो जसलाई उनकै दलका कैयौँ नेताहरूले आलोचना गरेका छन्।

नेपाल-भारत

नेपालले संविधान संशोधन गरी देशको निशानछापमा आफूले दाबी गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको क्षेत्र समेटिएको नक्सामा राखेपछि नेपाल र भारतको विवाद उत्कर्षमा पुगेको देखिन्छ।

आफ्नो दलभित्र सत्ता र पार्टी चलाउने शैलीलाई भइरहेको आलोचनाका माझ हालै प्रधानमन्त्रीले भारत आफूलाई सत्ताबाट हटाउन लागिपरेको बताएका थिए।

जनकपुरस्थित प्राध्यापक अनिल साह पछिल्ला भनाइहरूले प्रधानमन्त्री ओली नेपाल भारत सम्बन्धलाई सही दिशामा राख्न इच्छुक नदेखिएको पुष्टि भएको बताउनुहुन्छ।

उहाँले भन्नुभयो, ‘त्रेता युगको अयोध्यादेखि नागरिकताको बखेडा निकालेर नियोजित रूपमा नै दुई देशबीचको सम्बन्ध बिगार्न र व्यवधान खडा गर्न खोजेको जस्तो देखिएको छ।’

सुन्दर सदनका महन्थ नवलकिशोर शरण प्रधानमन्त्रीले गैरजिम्मेवार धारणा राखेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘जनकपुरधाम र अयोध्याधाम हाम्रो आस्थाको केन्द्र हो। यी दुई धार्मिक स्थानबीचको सम्बन्ध नेपाल र भारतसम्बन्ध भन्दा पुरानो छ। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्छ ।’

Share Now

Leave a comment.