Prakash Adhikari January 25, 2018

काठमाडौं,११ माघ ।यहि आउँदो फेब्रुअरी ८ देखि १५ तारीखसम्म नामिबियामा हुन गईरहेको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपालसहित आयोजक नामिबिया, केन्या, क्यानडा, ओमान र युएईले सहभागिता जनाउने प्रतियोगिताको लागि बिहीबार १४ सदसीय नेपाली टोलीको घोषणा गरिएको हो ।

जगत टमाटाको प्रशिक्षकीय जिम्मेवारी रहेको टोलीको कप्तानमा पारस खड्का र उपकप्तानमा ज्ञानेन्द्र मल्ल यथावत छन् । त्यस्तै राष्ट्रिय क्रिकेट टोलीमा पहिलो पटक रोहित कुमार पौडेल स्थान बनाउन सफल भएका छन् ।

प्रतियोगितामा सहभागिता जनाउन नामिबिया उड्नु अघि नेपालले युएईमा ३ अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि ४ फेब्रुअरीमा नेपाल नामिबियातर्फ प्रस्थान गर्नेछ । नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ तारीखका दिन नामिबियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यसपछि ९ तारीखमा ओमानसँग खेल्नेछ भने ११ तारीखका दिन युएईसँग भिड्नेछ । त्यसपछि १२ तारीखमा केन्यासँग खेल्नेछ भने अन्तिम खेल १४ तारीखका दिन क्यानडासँग खेल्नेछ ।

बिहीबार घोषित १४ राष्ट्रिय क्रिकेट टोली यसप्रकार छन् :

पारस खड्का -कप्तान, ज्ञानेन्द्र मल्ल -उपकप्तान, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, ललित भण्डारी, अनिल साह, रोहित कुमारी पौडेल ।

त्यसैगरी वैकल्पिक खेलाडीहरुमा सिद्धान्त लोहनी, किशोर महतो, ललित नारायण राजवंशी र सुनिल धमला रहेका छन् ।

Share Now

Leave a comment.