Prakash Adhikari July 26, 2020

 

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले वर्तमान सरकार यही गतिमा अघि बढे अविश्वासको प्रस्ताव ल्याइने चेतावनी दिनुभएको छ ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘अहिले सत्तारूढ दलभित्रैबाट अविश्वासको प्रस्ताव ल्याउने कुरा आईराखेको छ । यो सरकारको विकल्प खोज्नुपर्छ । लोककल्याणकारी सरकारको नितान्त आवश्यक भैसकेको छ । यसको लागि हामीले सोच बनाइसकेका छौं ।’

अहिले सरकार छ कि छैन् भनेर खोज्ने अवस्था रहेको बताउदै कर्णले भन्नुभयो,‘यो सरकार कतैपनि देखिएन् । प्रत्येक वर्ष बाढि-पहिरोको समस्या आउँछ । तर, यो सरकार के हेरेर बसेको छ रु यो सरकार पाँच वर्ष नै चलोस भन्ने हाम्रो कल्पना हो । तर, यो सरकारको कुनै काम छैन् । यसले काम गर्न सकेन् ।’

कोरोनाले भन्दाबढी मानिस बाढी-पहिरो र डुबानजस्ता विपत्तिमा परेर मरेको तथ्यांक पेस गर्दै उहाँले भन्नुभयो, ‘हजारौं मानिसहरु घरवार विहीन भएका छन् । यसको जिम्मेवारी कसले लिने रु वर्षभरि नै सरकार सुतेर बस्ने हो रु जनताले सुखमा सरकारलाई सम्झिँदैनन् । दुःख पर्दा र आपतविपदमा नै सम्झिने हो नि, अहिले विपद्मा सम्झिँदापनि सरकारले केही गर्न सकेको छैन् । यो सरकार कहीँपनि सफल भएको छैन् ।’

Share Now

Leave a comment.